ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पौडेलको सरकार ढाल्ने प्रस्ताव, देउवा भन्छन्- सरकारको नेतृत्व गर्न तयार छु

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो समयपछि सरकारका एउटै धारणा सार्वजनिक हुन थालेको छ ।

पार्टी भित्र समकालिन भएपनि देउवा र पौडेल विच पार्टी भित्र आन्तरिक संघर्ष चर्कोरुपमा देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात पुन स्थापित संसदमा ओली बस्नु नहुने निष्कर्ष निकालेको कांग्रेस सभापति शेरबहादुर देउवाले बारा पुगेर पदको लोभी नभए पनि संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताएका छन् ।

पचरौता नगरपालिक, बेल्दारीमा कुस्ती प्रतियोगिताको उद्घाटन गर्न पुगेका सभापति देउवाले देशलाई संकटबाट पार लगाउन कांग्रेसले नै भूमिका खेल्ने गरेको ईतिहास साक्षी रहेको जिकिर गरे ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको विकल्प दिन तयार हुनु पर्ने बताएका छन् । म्याग्दी पुगेका पौडेलले कमन्युष्टहरु भाग नमिलेर लडाइ गरिरहेको भन्दै ओली सरकार ढाल्नु पर्ने बताएका हुन ।‘कम्युनिष्टहरूको बीचमा अहिले भाँडभैलो भइरहेको छ। उनीहरू अवसरवादी हुन्, कुनै विचारमा अडेका होइनन् । उनीहरू कुनै सिद्धान्तमा पनि मिलेका थिएनन्। जब सत्तामा पुगे अनि भाग मिलेन लडाइँ सुरू गरे,पौडेलले भने ।’

यस अघि आफ्नो सुझाव नमान्दा कांग्रेसले मौका गुमाएको भन्दै पौडेलले ओलीसंग केही लिनु पर्ने नभएको भन्दै ओली सरकार ढाल्ने बेला आएको बताउदै पौडेलले ‘ढुलमुले नीति लिएर कांग्रेसले अवसर गुमाउन हुन्न। मेरो भनाइ यही हो, केपी ओलीसँग के लिनु छ र? । के लिनु भए सभापतिजीले भन्नुपर्‍यो । लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरेकोले यो सरकार ढलाउको विकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *