ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिगका टिम मालिक र टिम सार्वजनिक

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं, चैत १ । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टिम मालिक र फ्रेन्चाइज टिम आइतबार घोषणा गरिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले काठमाडौंमा भएको एक कार्यक्रममा फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक गरेको हो ।

७ फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन् । लिगमा विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई रहेका छन् भने काठमाडौंका टिम मालिक चिरन्जिबी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन् । एनएसएसल आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ ।

सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका माध्यमबाट फुटबलले नयाँ गति लिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ बताए । लिगलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा लिगका कुल १९ खेल हुनेछ । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ भने खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *