ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि,७७ जना कोरोनामुक्त

काठमाडौं, चैत १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यमित रुपमा गर्दै आएको प्रेस ब्रिफीङमा बोल्दै प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीकएको २ हजार ६ सय १५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २२ जना सहित देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७५ हजार २ सय ३१ जना रहेका छन् ।

कोरोनाका कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । गत चौबीस घण्टामा ७७ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७१ हजार ३ सय ३६जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या ९८ दशमलव ६ प्रतिशत रहेको छ

देशभर क्वारेन्टिनमा ४७ जना र संक्रिय संक्रमित८ सय ९१ जना रहेका छन् । हाल देशभर आसियुमा उपचारत ३४ जना र भेन्टिलेटरमा ८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *