ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बलिया शेरधनको अविश्वासको प्रतस्ताव पेश हुने बैठक नै अनिश्चित

बिराटनगर चैत्र १ । प्रदेश नम्वर एकको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोली १३:३० बजेका लागि डाकिएको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने जाइएको थियो ।


फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री शेरधन राईको दबावमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । पुन आज सुचना टास गरेर बैठक स्थगित गरिएको छ ।


नेकपा विवादका कारण अविश्वासको सामना गर्न बाध्य भएका मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्तावलाई जतिसक्दो पर पुर्याउन चाहन्छन् । यता नेकपा एमाले र माओवादी केन्द्र विभक्त भएसंगै प्रदेशको संरचान रोचक बनेको छ । ९३ सांसद रहेको प्रदेश एकमा एमाले ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १६ र जनता समाजवादी पार्टीका ३ , राप्रपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एक सदस्य रेका छन् ।


प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचनामा मार्फत बैठक स्थगित भएको जनाएका छन् । प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *