ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादी केन्द्रको निर्णय: बादल समित मन्त्रीलाई कारवाही

काठमाडौं चैत्र १ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकले केन्द्रमा नफर्कने मन्त्रीहरुलाई कारवाही गर्ने भएको छ ।

आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा कारवाहीमा पर्ने छन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *