ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो पटक ११ महिने बालकको कलेजो प्रत्यारोपण सफल

काठमाडौं , चैत १ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले ११ महिने शिशुको कलेजो प्रत्यारोपण सफतापुर्ण गरेको छ । कोरोना महामारीले झन्डै एक बर्ष कलेजो प्रत्यारोपण रोकिएको थियो । हाल आएर यो सेवा सुरु भएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।

कलेजो प्रत्यारोपणका लागि धेरै झन्झट र समय लाग्ने गर्दछ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणका लागि बालकलाई उनका ३५ वर्षिय बाबुले कलेजो दिएका थिए ।

काभ्रे घर भएका ती बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीले जानकारी दिए । उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *