संघिय सरकारका लागि निर्णायक जसपाले लुम्बिनी प्रदेशमा माग्यो ३ मन्त्रालय
काठमाडौं चैत्र १ । संसद पुन स्थापना र त्यसपछि नेकपा एमाले र माओवादी केन्द्र पुन विउतिएपछि जनता समाजवादी पार्टी निर्णायक शक्तिको रुपमा देखा परेको छ । ३४ सिट रहेको जसपालाई सरकारमा जान दुवै पक्ष अर्थात केपी ओलीको सरकार र माओवादी केन्द्र, कांग्रेसको गठबन्धबनबाट बन्ने सरकारमा तानातान छ । यस्तो अवस्थमा जसपाले संविधान संसोध, रेशम चौधरीको रिहा र लाल आयोगको प्रतिवेदन सार्वजनीक मुद्दालाई प्रमखुताका साथ उठाएको छ भने चौतर्फी वार्तालाई पनि केन्द्रित बनाएको छ ।
संघमा निर्णायक भएको जसपा लुम्बिनी प्रदेशमा पनि शंकर पोखरेललाई टिकाउने वा नटिकाउने भन्ने उसैको हातमा देखिन्छ । यस्तो अवस्थामा जसपाले ३ मन्त्रालय दावी गर्दै सरकारमा जाने बटमलाईन तयार गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिने वितिकै केन्द्रमा प्रधानमन्त्री केपी ओली र लुम्बिनी प्रदेशमा शंकर पोखरेलले विश्वासको मत लिनु पर्ने हुन्छ ।जसका लागि एमालेले जसपालाई फकाउने प्रयास गरिरहेको छ ।
एमालेबाट ४१ सांसद हुदाँ बहुमत पुर्याउन ३ सांसद आवस्यक रहेको लुम्बिनीमा जसपासंग ६ सिट छ । माओवादी केन्द्रसंग २० र काँग्रेससंग १९ सिट रहेपनि उनीहरुले समर्थन गर्ने संभावना न्यून छ । तेस्तै जनमोर्चाले सहयोग गरेपनि उसलाई पर्याप्त हुदैन किनकी उसंग जम्मा एक सिट मात्र छ ।