ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट चैत्र महिना सुरु, कस्तो रहला चैत्र महिना ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

आज मिति २०७७ साल चैत्र १ गते आइतबार तदनुसार सन २०२१ मार्च महिनाको १४ तारिख, फागुन शुक्ल पक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, उत्तरभाद्र नक्षत्र, प्रतिपदा तिथी, शुभ योग, बब करण, आज चन्द«मा सूर्य सँग मीन राशीमा रहनेछ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ४९ मिनेटबाट १२ बजेर ३७ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे १० बजेर ४४ मिनेटबाट १२ बजेर १३ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोकोे ४ बजेर ४१ मिनेटबाट ६ बजेर १० मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

मेष राशी

अनेक प्रकारको कठिनाइहरुमा परिने खालको महिना हुन सक्नेछ, आत्मविश्वासमाा कमि आउने, अत्यधिक धपेडी तथा खर्च हुने, गरेका कार्यहरुमा हानी हुने वा बिध्न बाधाहरु आउने । अपमान हुने, मित्रहरुको व्यवहार पनि शत्रुतापूर्ण रहने वा धोका दिने खालको हुनेछ । स्वास्थ्यको भने ख्याल गर्नु होला, विशेषत आँखामा कष्ट पर्ने, ज्वरो आउने वा पेट गडबड हुने योग देखिएको छ । राज्य प्रशासनको तर्फबाट अप्ठयारो आइपर्ने, पद, जागिर गुम्ने वा छोडनुपर्ने अवस्था सम्म आउने अथवा खाइरहेको जागिरमा तनाव स्थिती सृजना हुने सम्भावना छ । शत्रुहरुमाथि आफू हावी हुन सकिने  अवस्था भएपनि  मुद्दा मामिला लगायत अदालती विषयहरुलाई यो महिना स्थगित गर्ने अथवा बाहिरै गोप्य रुपमा सेटल गरेमा राम्रो । कसै कसैलाई स्थानान्तरण हुने, जन्मेको ठाउँबाट टाढा जानु पर्ने, भ्रमण वा विदेश यात्रा हुने सम्भावना छ । विदेश यात्रा, ग्रीन कार्ड, पी आर वा भिसा सम्बन्धि एप्लाई गर्नलाई भने यो महिना राम्रो छ । साथै विदेशमा वा विदेशी कम्पनीमा अथवा विदेशी फ्रेन्चाइजीसँग कार्यरत हुनेहरु लाई महिना शुभ रहनेछ ।

वृष राशी

सूर्यको भ्रमण वृष राशीवालाहरुलाई यो महिना अत्यन्तै शुभ फलदायक रहनेछ । आर्थिक स्थितीमा चमत्कारीक सुधार आउने,  एक भन्दा बढी स्रोत अथवा विभिन्न विकल्पहरुको  माध्यमबाट आय आम्दानी हुने वा विविध किसिमका लाभहरु हुने योग देखिएको छ । उधारो दिएको अथवा आउन बाँकी रहेका पैसा प्राप्त हुनेछ । चिताएको पुग्ने, रोगव्याधिबाट मुक्ति पाइने, मान सम्मान प्रशंसा प्राप्ति, परिकार जन्य भोजन वा भोजभतेरमा सामेल भइने, नयाँ मानिसहरुसँग लाभदायक चिनजान हुनुको साथै उच्च अधिकारीहरुसँग सम्पर्क हुने र उनीहरुबाट लाभ मिल्नेछ, मुद्दा,मामिला लगायत अदालती काम कारवाही तथा सरकारी कामहरुमा अनुकुलता आउने, विद्यार्थीहरुलाई पढाइ लेखाइ तथा परिक्षा प्रतियोगितामा सफलता मिल्ने, वृद्धजनहरुको आशिर्वाद र सहयोग मिल्ने, मागंलिक कार्यहरु सम्पन्न हुने तथा मित्रहरुको साथै राज्य प्रशासनको सहयोग प्राप्त हुने योग छ ।  सन्तान सम्बन्धि चिताएको कुरा हुनुको साथै नव दम्पत्तिहरुलाइ नया सन्तान कन्सिभ हुने योग पनि बनेको छ । कसै कसैलाई नयाँ पद वा जिम्मेवारी प्राप्त हुने तथा अचल सम्पत्ति आदि खरीद हुने सम्भावना पनि छ । शेयरमा लगानीहुने राम्रो योग छ भने व्यापार व्यवसायमा सोेचे अनुरुप नाफा कमाइनेछ  ।

मिथुन राशी

मिथुन राशीवालाहरुलाई यो महिना कर्मभावमा सूर्यको भ्रमण कुनै महान वरदान भन्दा कम रहने छैन । आर्थिक रुपले महिना उत्तम रहने, इच्छा अनुसारको खानपान हुने वा लाभदायक भोज भतेरमा सहभागी हुन पाइने योग छ ।  ठुलठुला कामहरु बन्नेछन, सामाजिक तथा सरकारी मान, प्रतिष्ठा, कदर, प्रशंसा तथा किर्ती प्राप्त हुने, नयाँ कामको थालनी हुने, वा नयाँ पद वा जिम्मेवारी पाइने, पिता तथा पिता सरहका वरिष्ठ व्यक्तिहरुको कृपा आशिर्वाद र लाभ प्राप्त हुने, राज्य प्रशासनमा अडकिएका कामहरु बन्ने वा उनीहरुबाट भरपुर सहयोग पाइने । मित्रहरुले मनग्गै सहयोग गर्नेछन् । समग्रमा  तँपाइले जे काम गरेपनि सफलता पाइने योग देखिएको छ ।

कर्कट राशी

कर्कट राशीवालाहरुले यो मिश्रित खालको रहनेछ । केहि कुरामा राम्रो र केही कुरामा कष्टदायी स्थिती बन्नेछ । कार्य असफल हुने वा हानी गर्ने योग बनेकोले कठिन परिश्रमबाट मात्र कार्य सिद्धि हुनेछ । अकारण धन तथा पुन्यको हानी, आयमा कमी,  स्थान परिवर्तन, एक प्रकारको भयले सताउने, बिना कारण अपमान वा विवाद हुन सक्ने वा गरेका कार्यहरुमाा अपयशको भागि बन्नु पर्ने साथै झुठो लान्छना लाग्न सकने अवस्था आउने सम्भावना देखिएको छ । स्वास्थ्यमा समस्या आउनुको साथै मानसिक अवसाद, अशान्ति, अस्थिरता र अति निराशाले गाँज्ने भएकोले सचेत रहनु होला , पिताको स्वास्थ्यको भने बिशेष ध्यान दिनु पर्नेछ । स्त्रि तथा सन्तान हानीको अवस्था आउने मित्र, आफन्त तथा बन्धुजनसँग मनमुटाव हुने वा वियोग  सहनु पर्ने भएकोले सजग रहनुपर्नेछ । यो महिना आध्यात्मिक पक्ष भने बलियो देखिएको छ । धार्मिक कुराहरुमा सहभागी हुने वा रुचि जाग्ने, मांगलिक कार्यहरु सम्पन्न हुनुको साथै आध्यात्मिक यात्राहरु हुने योग बनेको छ । साथै ठूला ठूला व्यक्तिहरुसँग सम्पर्क हुने सम्भावना पनि छ जसको कारणले भविष्यमा फाइदा पुग्नेछ । कसै कसैलाई घर बाहिरको बसाइ हुने, विदेश यात्रा वा टाढाको भ्रमण पनि हुन सक्छ ।

सिंह राशी

यो महिना सूर्यको भ्रमण सिँह राशीवालाहरुलाई त्यति अनुकुल रहने छैन ।  हानी नोक्सानी हुने, रोग , कलह, झगडा , विवाद, झमेलाहरु  आइलाग्ने, पत्नि तथा सन्तानलाइ कष्ट पर्ने, नखाएको विष लाग्ने वा आरोप लाग्ने सम्भावना छ, स्वास्थ्यमा समस्या आउने  खासगरि पाइल्स, गर्मी सँग सम्बन्धित कष्ट लगायत रगत सँग सम्बन्धित समस्याले सताउन सक्छ। कार्य क्षेत्रसम्बन्धि धेरै अप्ठयाराहरु आउनेछन् । कार्य स्थलमा हुने षडयन्त्र र विवादबाट भने बच्नु पर्नेछ । कसै कसैलाई सरकारी वा प्रशासनिक कष्ट वा दन्ड जरिवानामा परिने योग बनेको छ । व्यक्तिहरुसँग मनमुटाव हुने, मनमा भयले सताउने, यात्राहरु कष्टकारी हुने भएकोले सकेसम्म यो महिना भ्रमण नगर्नुहोला, अनियन्त्रित खर्चमाथि ध्यान नपुरयाउनु भएको खन्डमा आर्थिक समस्याले सताउन सक्छ । नजिकका मान्छेले दिने कष्ट, धोखा, र षडयन्त्रबाट भने सचेत रहनु होला । भावनामा बगेर दुरगामी निर्णयहरु नगरेमा राम्रो । लगानीलाई  यो महिना ठीक छैन । चिनामा यदि सुर्य शुभ अवस्थामा छ भने आकस्मिक परिवर्तन तथा आकस्मिक धनलाभको सम्भावना पनि छ । एकचोटि चिना देखाएमा राम्रो ।

कन्या राशी

अलि मेहनत गर्नु पर्ने खालको महिना रहनेछ । गरेका कार्यहरु असफल हुने वा सफल भएपनि अत्यधिक लाभ भने मिल्ने छैन । धेरै यात्रा तथा भ्रमणहरु हुन सक्नेछन । तर यात्रा कष्टकारी  हुन सक्नेछ । टाउको दुख्ने, अजीर्णता, पेट तथा रक्त विकार सम्बन्धि समस्या आउन सक्छ ।। पारिवारिक सुखमा कमी आउने,  विषम मार्गमा हिँडनु पर्ने वा पत्निलाई कष्ट पर्न सक्ने योग छ । धनहानी, मानहानी, मनको अशान्ति, सरकारी अडडा कार्यालयहरुमा जानु पर्ने, सन्तानसँग मतभिन्नता हुने वा उनीहरुको व्यवहारबाट मन खिन्न हुने, दाम्पत्य सुखमा कमी आउने,  अविवाहितहरुको हकमा विवाह सम्बन्धि वार्तामा बिलम्ब हुने सम्भावना छ । व्यापार व्यवसायमा समस्या आउने  योग भएकोले कुनै पनि नयाँ कार्य शुरु गर्नु अघि सोच विचार गरेर योजना बनाएर मात्र शुरु गर्नुहोला, लगानी डुब्ने सम्भावना छ । प्रेम सम्बन्धको लागि यो महिना प्रतिकुल छ । विद्यार्थीहरुलाई भने मेहनत अनुसारको फल प्राप्ति हुनेछ । सबै खाले विवादबाट यो महिना बच्नु पर्नेछ । एक चोटि चिना देखाएर परामर्श लिएमा उत्तम हुनेछ ।

तुला राशी

महिना शुभ फलदायक रहने छ, मन सुखी र शरीर स्वस्थ रहने छ । जोश, जाँगर र उत्साहले भरिपूर्ण बनाउने छ ।  गरेका कार्यहरु सफल हुने, मान सम्मान कदर प्राप्त हुने , शत्रु बाधाहरुबाट मुक्ति पाइने छ । रिस गर्नेहरु हार खानेछन् ।  यदि कोही लामो समयदेखि बिरामी हुनुहुन्छ भने यो महिना स्वस्थ हुनु हुनेछ, धन तथा व्यवसायिक लाभ मिल्ने भएकोले कसै कसैको यो महिना रिनहरु पनि चुक्ता हुनेछ । अडकिएको धन प्राप्त हुनुको साथै व्यावसायिक रिन खोज्नु भएको  छ भने यो महिना पाउनु हुनेछ, सरकारी जागीर वा अन्य जागिर खोजिरहनुहुनेहरुले सफलता पाउने योग छ । सत्ता र राजनितिमा लाग्नेहरुलाइ यश किर्ती मान मिल्ने,  कानूनी विवाद चलिरहेको छ भने तँपाइको पक्षमा अनुकुलता बढने छ । आफनो अन्डरमा काम गर्नेहरुबाट लाभ पाइने योग छ। व्यापार व्यवसायमा राम्रो स्थिती बन्नेछ । विद्यार्थीहरुलाई परीक्षा प्रतियोगितामाा सफलता प्राप्त हुनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । कसै कसै लाई लाभदायक नयाँ सम्बन्ध वा सम्पर्क बन्ने योग आएको छ । समग्रमा तुला राशीवालाहरुलाइ यो महिना सूर्यको भ्रमणले सम्पूर्ण इच्छाहरु पूरा गर्दै खुशी प्रदान गर्नेछ ।

वृश्चिक राशी

वृश्चिक राशीको लागि परिवर्तन मूलक महिनाको रुपमा रहनेछ । अवसरलाई सदुपयोग गर्नुभएको खन्डमा कुनै यथोचित पद प्रतिष्ठा वा स्थान प्राप्त हुन सक्ने वा सरकारी नोकरीमा हुनुहुन्छ भने स्थानान्तरण हुने सम्भावना छ  स्वास्थ्यको दृष्टिले यो महिना राम्रो रहने छैन, आफनो  र परिवारको रोग र स्वास्थय सम्बन्धि समस्यामा जेलिनु पर्नेछ । र आफू वा अरुको लागि अस्पताल गइरहनु पर्ने हुन सक्छ । सन्तानहरुलाइ कष्ट पर्ने, मान प्रतिष्ठामा कमि आउने, भाइ बहिनीहरुसँग मतभेद हुन सक्ने, व्यापार व्यवसाय तथा कार्य क्षेत्रमा झमेला तथा अवरोध आउने तथा मनमा चिन्ता पर्ने सम्भावना छ ।। यो महिना लामो दुरिको यात्रा चाँही सकेसम्म नगर्नु होला । कसै कसैलाई साहित्य संगित तथा ललितकलामा रुचि बढनु का साथै कलाकारितामा संलग्न हुनेहरुलाई महिना उपलब्धिमूलक रहनेछ । । रिस गर्नेहरु तथा गोप्य शत्रुहरुबाट चाँही सावधान हुनु पर्नेछ, अनावश्यक आसक्ति, मनको अस्थिरता र अधैर्यतालाइ यो महिना भरि नियन्त्रण गर्न सक्नु भएमा उत्तम हुनेछ ।

धनु राशी

स्वास्थयको दृष्टिले महिना महत्वपूर्ण रहनेछ , सानो तिनो रोग व्याधि भनेर हेलचेक्रयाइ नगर्नुहोला । हरेक कार्यमा विलम्ब आउने,  पारिवारिक अशान्ति बढने तथा गृह सुखमा कमि आउने, अचल सम्पत्तिको विषयले कष्ट पाइने वा तनाव दिनेछ,  सुखको साधन हुँदाहुँदै पनि सुख उपभोग गर्न नपाइने अवस्था आउँनेछ,  सामाजिक क्षेत्रमा अपमान हुने, घर तथा वाहनको कारणले कष्ट हुने, वैवाहिक जिवनमा समस्या आउनेछ , कसै कसैको सम्बन्ध विच्छेद हुने अवस्था पनि नआउला भन्न सकिन्न , दुर्घटना वा घाउ चोटपटक लाग्न सक्ने भएकोले सचेत रहनु पर्नेछ, विवाद, मनमुटाव र झगडाको स्थितीबाट भने यो महिना बच्नु होला ।। माता पिताको लागि अशुभ स्थिती आउन सकछ । कसै कसैलाई अप्रत्याशित यात्रा पनि हुन सक्छ । व्यापार व्यवसायको हकमा यो महिना प्रतिकुल रहनेछ ।

मकर राशी

मकर राशीहरुलाई यो महिना सूर्यको राशी परिवर्तन शुभ फलदायक रहनेछ । अर्थात इच्छित फल प्राप्त हुने योग बन्नेछ, धनलाभ हुने, मानसिक तथा पारिवारिक सुख पाइने, पराक्रम बढने, शत्रुहरु पराजित हुनेछन, कार्य क्षेत्र, विजनेस आदि सँग सम्बन्धित यात्राहरु ज्यादै लाभदायक हुनेछन , उत्तम स्वास्थय स्थिती रहने तथा पिता वा पितातुल्य व्यक्तिहरुसँग सम्बन्ध राम्रो बन्ने वा उनीहरुबाट लाभ मिल्ने सम्भावना बन्नेछ,   सन्तानहरु प्रति लगाव र आत्मियता बढनुको साथै शत्रुहरु हार खानेछन् ।  व्यावसायिक तथा उद्यमशील कार्यको लागि महिना उत्तम रहनेछ । नोकरी को क्षेत्रमा चिताएको अधिकार, प्रतिष्ठा वा पद प्राप्तिको योग बनेको छ ,  कसै कसैलाई पदोन्नति हुने वा तलब बढने सम्भावना पनि देखिएको छ । समग्रमा भाग्यको सहयोग पाइने खालको महिना रहनेछ ।

कुम्भ राशी

कुम्भ राशीवालाहरुलाई सूर्यको भ्रमणले यो महिना अलि चिन्तित बनाउन सक्नेछ, दुख कष्ट पाइने, धोखाधडी वा विश्वासघातको शिकार हुनु पर्ने, निरर्थक डर र चिन्ता परिरहने, पारिवारिक कलह विवाद वा संकट बढने, धन तथा सुखमा कमी आउने, परिवारमा कसैलाई संकट पर्ने, शोक पर्ने सम्भावना छ ।  शिर, घाँटी आँखासम्बन्धि सम्बन्धि समस्याहरु उत्पन्न हुन सक्ने भएकोले सावधान रहनु होला । रिस उठिरहने वा झर्को लागिरहने हुन सक्छ ।  बोलि वचन कठोर हुन सक्ने भएकोले बोल्दा हेक्का राखेर बोल्नु होला । बोल्यो कि पोल्यो भन्ने खालको अवस्था आउन सक्छ ।  गरेका कार्यहरुमा बाधा व्यवधान आउने भएकोले सावधान रहनु होला ।। मित्र तथा आफन्तहरु बिच मनमुटाव हुन सक्छ । व्यापार व्यवसायमा धेरै समस्याहरु आउने वा घाटा हुने योग छ । साझेदारी कार्य तथा दाम्पत्य जीवनमा मतभेदको स्थिती बन्न सक्ने  भएकोले सचेत रहनु होला। कसै कसैको दुष्ट तथा गलत व्यक्तिहरुसँग सम्बन्ध गाँसिनुको साथै निचता र धुत्र्याइँ मा बृद्धि हुने सम्भावना पनि छ । तँपाइको स्वभाव र व्यवहारमा आएको परिवर्तनले यो महिना धेरै समस्या उत्पन्न गराउन सक्छ । सावधानी अपनाउनु होला ।

मीन राशी

मीन राशी वालाहरुलाई यो महिना मिश्रित परिणाम प्राप्त हुनेछ । प्रत्येक कार्यमा रुकावट आए जस्तो महसुस हुने । धन हानी हुने,  क्रोध बढने, झर्को लागिरहने, दुखद प्रवास हुने वा स्थान परिवर्तन हुने सम्भावना छ, मान सम्मान प्रतिष्ठा दिलाए पनि स्वास्थ्य हानीको योग देखिएको छ, विशेष गरेर शारिरिक थकावट, रक्त चाप, हृदय रोग, आँखा, अनुहार, पेट सम्बन्धि समस्या बल्झने सम्भावना छ । कुटुम्ब, सहकर्र्मी तथा मित्रहरुसँग विवाद तथा मनमुटाव हुने वा अपमानित हुनु पर्ने योग छ,  नजिकका सम्बन्धहरु बिग्रेर मन अमिलो हुन सकछ । सरकारी नोकरी तथा  अन्य रोजगारको क्षेत्रमा गरिएका प्रयासहरु सफल भएपनि दाम्पत्य जिवन तथा व्यापार व्यवसायमा को हकमा भने परिणाम शुभ फलदायक रहने छैन । कार्यस्थलमा आफू मातहतकाहरुबाट असयोग हुने अवस्था आउन सक्छ । कसै कसैलाई परिवारबाट टाढा जानु पर्ने अथवा ईच्छाको विरुद्ध यात्रा वा भ्रमण हुन सक्ने योग पनि देखिएको छ  ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *