ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अध्यक्ष थापा: काँग्रेस कम्युनिष्ट असफल भए अब फुटेर जुटेको राप्रपा नेतृत्वमा जान्छ

काठमाडौ, फागुन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिष्टहरू असफल भएको बताएका छन् । 


शनिबार राप्रपा हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलालाई सम्बोधन गर्दै कम्युनिष्टहरुले दुईतिहाइ जनमतको अपमान  र विश्वासमाथी नै खेलवाड गरेको बताए ।   

देशमा शान्ति, स्थायित्व र विकासका लागि लाग्नु पर्ने समय दिएको दुई  पार्टीको आन्तरिक झगडामै कम्युनिस्टहरु अल्झेको आरोप अध्यक्ष थापाको थियो । काँग्रेसलाई जनताले प्रतिपक्षमा बसेर जनताले तत्कालीन नेकपालाई सरकारको कामप्रति खबरदारी गर्न पठाएको तर काँग्रेस पनि सत्ता स्वार्थमा र भागमा लिप्त भएको भन्दै नेकपाको आन्तरिक झगडाले संसद र पार्टीमा उग्र रुप लिँदा प्रजातन्त्र नै संकटमा परेको बताए ।

प्रजातन्त्रको रक्षा र नेपालीहरुको धर्म संस्कृतिको संरक्षणका लागि आगामी सरकारको नेतृत्व राप्रपाले लिनुपर्ने थापाको भनाई छ । विगतका दिनमा राप्रपा फुटको कारणले कमजोर भए पनि अबका दिनमा राप्रपा नफुट्ने प्रतिबद्धता अध्यक्ष थापाले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *