बामदेव नेतृत्व नेकपाले भन्यो केपी ओली नाङ्गिदै छन् ।

काठमाडौं २९, फागुन । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले केपी शर्मा ओलीले शुक्रबार गरेको निर्णयले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर अघि बढेको ठहर गरेको छ ।
अनुशासनपूर्ण र विधि पद्धति, अनुरूप लोकतान्त्रिक मुल्य मान्यता विपरित.के.पी. ओलीले हिजो गरेको तथाकथित निर्णयले उहाँको नेतृत्व क्षमताको धज्जी मात्र उडाएको छैन विकास हुँदै गएको व्यक्तिवाद, अहंतावाद, स्वच्छन्दतावाद र पुरोहितवाद जस्ता प्रवृतिले कम्युनिष्ट आन्दोलनलाई समाप्तिको दिशातर्फ धकेलिरहेको छ’ विज्ञप्तिमा भनिएको छ।
कम्युनिष्ट पार्टी मार्क्सवादी विचार राख्ने सचेत अगुवा दस्ताहरुको संगठीत उक्त पार्टी एकता राष्ट्रिय अभियान शक्ति यो घोषित लक्ष्य प्राप्तिका निम्ति रणनीतिक उद्देश्यका साथ बस्तुसंगत कार्यनीति र वैज्ञानिक कार्ययोजना निर्माण गरी अगाडि बढ्ने संस्था हो ।
शनिबार जारी गरेको विज्ञप्तिमा एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपिल गरिएको छ ।
‘नेपाल कम्युनिष्ट पार्टीप्रति जनताले दिएको अभिमत, जनचाहना, जनभावना, जनएकता विपरित कार्य गर्न लागेको ठहर गर्दै यसबाट पार्टीमात्र होइन आन्दोलनलाई समेत आघात पुग्ने विज्ञप्तीमा उल्लेख छ ।
शुक्रबार ओलीले आफू निकटको भेला र महाधिवेशनबाट निर्वाचित पदाधिकारी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने कार्यको विरोध समेत गरिएको छ ।