ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सन्तोषी र चन्द उत्कृष्ट खेलाडी घोषित

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, फागुन २९ । सन्तोषी श्रेष्ठ र चन्द बहादुर पुनमगर गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन । दशरथ रंगशालमा आइतबार भएको मिटमा महिला तर्फ सन्तोषी र पुरुषतर्फ चन्द उत्कृष्ट खेलाडी घोषित भएका हुन ।

सन्तोषीले तीन हजार मिटरमा ९ मिनेट ४९.०९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी थिइन । उनले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जितेकी हुन । पछाईले १० मिनेट ४१.९ सेकेण्डमा दुरी पार गर्दै रजत र काठमाडौंकी बन्दना राईले १२ मिनेट २२.५ सेकेण्डसाथ कास्य जितिन ।

सय मिटरमा स्वर्ण जितेका चन्दले आषिश चौधरलाई पछि पार्दै स्वर्ण जितेका हुन । उनले १०.८० सेकेण्डमा दुरी पार गरेका हुन । त्यस्तै रजत जितेका चौधरीले १०.८५ सेकेण्ड खर्चदाँ कास्य जितेका जीवन चौधरीले १०.९९ सेकेण्ड खर्चे ।

चार सय मिटर पुरुषमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । उनले ४९.१ सेकेण्डमा दुरी पार्दै स्वर्ण जितेका हुन । त्यस्तै एपीएफका शिवराज पार्कीले ५१.६० सेकेण्डमा रजत जित्दा आर्मीका पकाश दनुवारले ५१.९८ सेकेण्डमा कास्य जिते ।

यसै विधाको महिलातर्फ भगवती कुमारी चौधरीले १ मिनेट ०४.१ सेकेण्डका साथ स्वर्ण जित्दा सिमा चौधरीले १ मिनेट ०७.८ सेकेण्डमा रजत जितिन । ललितपुरकी काजल बिष्टले एक मिनेट १०.३ सेकेण्डका साथ कास्य जितिन ।

पुरुषतर्फको तीन हजार मिटरमा ९ मिनेट १०.६ सेकेण्डमा दुरी पुरा गर्दै टंक कार्कीले स्वर्ण जिते । त्यस्तै ९ मिनेट १६ सेकेण्डमा शिव बहादुर राइमाझीले रजत र ९ मिनेट ३२.७ सेकेण्डमा दुरी पुरा गर्दै सन्तोष नाथ योगीले कास्य जिते ।

महिलातर्फ सय मिटरमा आर्मीकी सरस्वाती चौधरीले स्वर्ण जितिन । उनले १२.४० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी हुन । त्यस्तै एपीएफकी शिला चौधरीले १४.०९ सेकेण्डमा रजत र आर्मीकी स्वस्तिका चौधरीले १५.०९ सेकेण्डमा कास्य जितिन ।

पुरुषको आठ समय मिटरमा आर्मीका मुकेश पलले एक मिनेट ५९.५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जित्दा सुनिल सुनारले २ मिनेटमा दुरी पार गर्दै रजत जिते । पर्साका पिन्स कुरमार मुखियाले २ मिनेट ५ सेकेण्डमा कास्य जिते ।

दुई समय मिटर महिलातर्फ आर्मीकी जयरानी थारुले ३६.०७ सेकेण्डमा स्वर्ण जितिन । चितवनकी रेश्मा सुवेदीले २७.१४ सेकेण्डमा रजत र आर्मीकी कृष्णा कुमारी चौधरीले २७.४० सेकेण्डमा दुरी पार गर्दै कास्य जितिन ।

यसै विधाको पुरुषतफै एपीएफका निर पताप महतोले २२.७४ सेकेण्डका साथ स्वर्ण जिते । त्यस्तै पर्साका अरुण महतो थारीले २३.५४ सेकेण्डमा रजत र आर्मीका चेतनारायणा थानेतले २३.७७ सेकेण्डका साथ कास्य जिते ।

जुनियरतर्फ भने रेश्मा सुवेदी र शाहन चन्द शाले उत्कृष्ट भए । जुनियरतर्फ सय मिटर पुरुषमा सोहन चन्दा शाह पहिलो, सलिम देवान दोसो र आदेश कुमार यादव तेसो भने । यसै विधाको महिलातर्फ रेश्मा सुवेदी पहिलो, लुझाला अमात्य दोसो र सिमा चौधरी तेसो भए ।

जुनियर चार सय मिटर पुरुषमा विनय आचार्य पहिलो, चित्र बस्नेत दोसो र महेन्द बढाल तेसो भए । महिलातर्फ अरुणा रिजाल पहिलो, रोजिना दुलाल दोसो र श्रेस्का सिल्पकार तेसो भए ।

जुनियरकै आठ सय मिटर महिलामा सिमा चौधरी पहिलो, सरस्वाती बोहरा दोसो, उर्जा मधिकर्मी तेसो बने । पुरुषमा युनिस आलेमगर पहिलो, उदय लिम्बु दोसो र अतुल गडिया तेसो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *