ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक डोज मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन कम्पनिले उत्पादन गरेको खोपलाई विश्व स्वास्थ संगठनले आपतकालीन प्रयोगका लागि अनुमति

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं ,फागुन २९ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अमेरिकी औषधी उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनको कोरोना खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । यो खोपले शुक्रबार प्रयोग अनुमति पाएको हो ।

उक्त खोप एक डोज लगाए पुग्ने बताइएको छ । अन्य खोपहरू जस्तो बुस्टर डोजको आवश्यकता नपर्ने सो खोपको प्रयोगबाट महामारी नियन्त्रणमा ठुलो फड्को मार्न सकिने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस गेब्रियससले विश्वास गरे ।

जोन्सन एन्ड जोन्सनको खोपले अनुमति पाएसँगै अब कोभ्याक्स सुविधा मार्फत् विश्वका विभिन्न मुलुकमा खोप पुर्‍याइने भएको छ । अहिले सम्म विश्व स्वास्थ संगठनले फाइजर ,कोभिसिल्ड आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ भने शुक्रबार जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । अहिले सम्म यो सम्म ३ वटा खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *