ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमपीसीएल इन्टरटेन्टमेन्ट रेस्लिङ शो सम्पन्न

काठमाडौं, फागुन २९ । हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनको आयोजनामा शनिबार देउराली एमपीसीएल इन्टरटेन्टमेन्ट रेस्लिङ शो सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको शोमा रेस्लिङमा हिक्मत थपलिया (स्कोरपियो) र विष्णु सिंह (मिस्टर बाबुसाप) बीचको खेल बराबरीमा सकिएसँगै रेस्लिङ शो सम्पन्न भएको हो । निकै रोमाञ्चक भएको शोमा बाबुसाप र भरत विसुराल (हिमालयन टाइगर) बीचको च्यालेन्ज म्याचमा हिमालयन टाइगर विजयी भएका थिए ।

यस्तै शनिबारै महिला शो पनि सम्पन्न भयो । शो मा भगवती खड्का, सपना तामाङ, अस्मिता जुरेली र स्नेहा थापा मगरले पनि प्रतिस्पर्धा गरेका थिए । रोयल रम्बल म्याच पनि शनिबारै त्रिपुरेश्वरको कभर्डहलमा नै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *