ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल खनाल समुहलाई कारवाही गरिएको छैन, बैठकमा नआएमात्र कारवाही हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौं फागुन २९ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाविच सरकार समिकरणका पहल भइरहदाँ प्रधानमन्त्री केपीशर्मा ओलीले भने आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्थामा फर्काएपछि माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा मिलेर नयाँ सरकार समिकरण बनाउने छलफल जारी छ । उता एमालेले पनि जसपासंग छलफल जारी राखेको समयमा प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौति दिएका हुन् ।

उनले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने जिकिर गरे । उनो भनाई छ – ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

त्यस्तै ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई कुनै जिम्मेवारीबाट नहटाएको प्रष्ट पारेका छन् । कार्यकर्ता ओलीले नेपाल-खनाल समूह बैठकमा आए कसरी अगाडि बढ्ने भन्‍नेबारे छलफल गर्न आफू तयार रहेको बताएका छन् उनको भनाई छ-‘उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ?,उहाँहरू आएपछि सल्लाह गरौला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरूलाई केही कामको जिम्मा दिएका छौँ ।’

तर नेपाल- खनाल समुहका नेता योगेश भट्टराईले भने बैठकमा जाने आधार तयार पार्नु पर्ने जनाएका छन् । जवरजस्ती बैठकमा जान नसकिने भन्दै बहुमत बाट निर्णय गर्न सक्ने गरी आधार तयार पार्नु पर्ने जनाएका छन् ।

चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आव्हान गर्दै बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही गर्ने चेतावनी पनि दिए । यता नेपाल- खनाल समुहले आज नै समान्तर समिति गठन गरेसंगै विवाद उत्कर्षमा पुगेको छ । तर त्यसलाई उक्त समुहले समानान्तर नभएर जेष्ठ २ गतेको अवस्थमा भएका कारण एमालेको काम अगाडी बडाएको जिकिर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *