ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

समानात्तर कमिटी गठन गरेका खनाल-नेपाल समुहका नेता भन्छन् – ‘पार्टी एकता बचाउनु पर्छ’

काठमाडौं फागुन २९ । सर्वोच्चको फैसला पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुर्ववत अवस्थमा आयो । तर नेकपाको भित्रको गुटगत राजनीति नेकपा एमाले र माओवादी केन्द्र भएसंगै केही मथ्थर हुने अनुमान गरिएको थियो । जसका लागि ओलीसंग रुष्ट भएको नेपाल- खनाल समुह पुर्ववत एमालेमा फर्किए पछि त्यसको अशा बढेको थियो ।

तर एमाले भित्र ओली समुहले नेपाल समुहलाई कारवाही गर्ने र नेपाल- खनाल समुहले पनि समानान्तर समुह निर्माण गरेपछि एमाले फुटको संघारमा पुगेको छ ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

त्यस्तै जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । भेलाले महत्वपुर्ण निर्णय गर्ने उपाध्यक्ष भिम रावलको भनाई छ ।
आजकै बैठकले प्रदेश इन्चार्जसमेत तोकेको छ ।

जसमा भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । ‘

यसरी समानान्तर समहु नै बनाए पनि नेताहरुले ओलीले बोलाएको बैठकमा जाने सेकेत गरेका छन् । आफुहरु एमालेको फुटाउने भन्दाँ पार्टी एकिकरणमा लाग्नु पर्ने भन्दै नेता योगेश भट्टराईले बैठक जसरी बोलाए ओलीले सात गतेलाई बोलाएको बैठकमा जान सकिने संकेत गरेका छन् । बैठककै दिन भन्दा पनि त्यो भन्दा पहिला उनी निकटसंग छलफल गर्नु पर्ने भट्टराईको भनाई छ ।

त्यस्तै अर्का नेता घनश्याम भुषालले पनि बैठक जसरी बोलाए बैठकमा जाने संकेत गरेका छन् । बोलाइ दिनैका लागि वोलाएको बैठकमा सहभागि हुनु ओचित्य नभए पनि विधि संगत बोलाए बैठकमा जाने संकेत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *