ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट यी हुन् २४ अस्पताल

काठमाडौं, फागुन २९ । सरकारले ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७/७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा सुरु भएका छन्। सेवा सुरु भएका अस्पतालहरु कुन कुन हुन् त?

प्रदेश १ – १. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, २. कोशी अस्पताल, विराटनगर, ३. मेची अस्पताल, भद्रपुर, ४. उदयपुर अस्पताल, उदयपुर

प्रदेश २ – ५. नारायणी अस्पताल, वीरगञ्ज ,६. जनकपुर अस्पताल, जनकपुर, ७. गौर अस्पताल,रौतहट, ८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी

बागमती प्रदेश – ९.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर, १०. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर, ११. भरतपुर अस्पताल, भरतपुर, १२. वीर अस्पताल, काठमाडौं, १३. हेटौँडा अस्पताल, मकवानपुर, १४. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं, १५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं

गण्डकी प्रदेश – १६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा, १७. धौलागिरी अस्पताल, बागलुङ

लुम्बिनी प्रदेश- १८. भेरी अस्पताल, नेपालगञ्ज, बाँके, १९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ, २०. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही

कर्णाली प्रदेश – २१. प्रदेश अस्पताल, सुर्खेत, २२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

सुदूरपश्चिम प्रदेश – २३. सेती अस्पताल, धनगढी, २४. डडेल्धुरा अस्पताल, डडेल्धुरा

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *