स्तन क्यान्सरका बिरामी बर्षेनि बढ्दै

काठमाडौं, फागुन २९ । पछील्लो समय सर्ने भन्दा नसर्ने रोग बढ्दो क्रममा रहेको छ । त्यसमा क्यान्सर रोगिको संख्या दैनिक बढिरहेको छ । महिलामा हुने स्तन क्यान्सरबाट बर्षेनि हजारौं मानिसको मृत्यु हुने गरेको छ ।
नेपालमा पनि स्तन क्यान्सरका बिरामीको संख्या बर्षेनी बढ्दो क्रममा रहेको छ । महिलामा हुने धेरै प्रकारका क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पछी स्तन क्यान्सर रहेको छ । यस्तो हुनुमा बदलिदो जीवनशैली,अस्वस्थ्यकर र असन्तुलित खानपानका कारण र बच्चालाइ पुरा स्तनपान नगराउनु जस्ता कारणले गर्दा स्तन क्यान्सरका बिरामी र मृत्यु हुने संख्या बढेको क्यान्सर रोग विशेषज्ञ डा बानिरा कार्कीको भनाई छ । स्तन क्यान्सर विशेष गरी ३० बर्ष पछी लाग्ने गरेपनि फरक जीवनशैली अस्वास्थ्यकर खानपानका कारण २० बर्ष देखी नै स्तन क्यान्सर देखिन थालेकोले रोकथाम र नियन्त्रणमा चुनौती थपिएको विज्ञ बताउछन ।
क्यान्सरबाट बच्नका लागि यकिन उपाय नभएपनि सुरुवाती अवस्थामै पहिचान र उपचार हुन सके पुर्ण रुपमा निको पार्न सकिने चिकित्सकहरु बताउछन । स्तनमा भएका कोष कोषिकाहरूमा असामान्य परिवर्तन हुनु,अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी आउनु र निको नहुने घाउलाई स्तन क्यान्सरका लक्षण हुन । यो रोग विश्वमा हुने नयाँ क्यान्सर रोगमध्ये तेस्रो स्थानमा आउँछ । स्तन क्यान्सरबाट बर्सेनि विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु हुने गरेको छ । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोगबाट महिला बढी पीडित छन् । प्राय महिलालाई लागे पनि एक प्रतिशत पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेको तथ्यांक छ ।