ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

म्यान्मारमा रोकिएन सैन्य ज्याद्दी

एजेन्सी फागुन २९ । १९ सय ८८ को क्रान्तीको स्मृति दिवसमा कू विरुद्धको आन्दोलन थप शसक्त पार्न आह्वान गर्दै म्यान्मारमा सैन्य कू विरुद्धको प्रदर्शन भइरहेको छ ।

३३ वर्ष अघि सरकार विरुद्धको देशव्यापी प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर हजारौको ज्यान गएको थियो । उक्त आन्दोलनबाट प्रजातन्त्रवादी नेतृ आङ सान सुची राष्ट्रिय आइकनको रुपमा उदय भएको थियो । यस्तै गत फ्रेबुअरी १ तारिखमा सेनाले सत्ता हत्याए यता सुरक्षाकर्मीले चलाएको गोली लागेर अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । .

हिजो मात्रै सुरक्षाकर्मीले चलाएको गोली लागेर थप १२ जनाको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका छन् । यस्तै शुक्रबार साँझ कू विरुद्धको आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती बालिएको थियो । यसैबीच राजनीतिक तनाब र हिंसा बढेको भन्दै बेलायतले म्यान्मार छाड्न आफ्ना नागरिकलाई आग्रह गरेको छ भने क्वाड समूहले म्यान्मारमा प्रजातन्त्र पुर्नबहालीका लागि मिलेर काम गर्ने बाचा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *