ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मन्त्रीहरुलाई तत्काल फिर्ता हुन नेकपा माओवादी केन्द्रको निर्देशन

काठमाडौं, फागुन २९ । सरकारमा रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ । माओवादीको तर्फबाट मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई शनिबार पार्टी कार्यालय कोटेश्वमा बसेको स्थायी समिति यस्तो निर्देशन दिएको नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केपी ओली नेतृत्वको एमालेतिर लागेका माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् उनिहरुलाई एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ । तत्कालीन नेकपामा विवाद हुँदा ओलीतिर लागेर सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी माओवादी केन्द्रको रहेको बुझिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *