ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रिमियर लिगः न्युकासल र एस्टन भिल्लाको बराबरी

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
    20
    Shares
Image

एजेन्सी, फागुन २९ । न्युकासल युनाईटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयमा गोल निस्किएको थियो ।

खेलको ८६ औं मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको इन्जुरी समयमा जमाल लास्सेलेसले गोल गर्दै न्युकासललाई हारबाट जोगाए । यस बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक जोडेको छ । न्युकासल १६ औं स्थानमा रहेको छ ।

एस्टनले २७ खेलमा ४१ अंक जोडेको छ । एस्टन नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *