ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा

काठमाडौं, फागुन २९ । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज दिनभर देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *