ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २९ गते शनिबार, कस्काे राशिफल कस्ताे ?

आज मिति २०७७ साल फागुन २९ गते शनिबार तदनुसार सन २०२१ मार्च महिनाको १३ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य,  प्रमादी संवत्सर, पूर्वभाद्र नक्षत्र, औसीं तिथी, साध्य योग, नाग करण, आज चन्द«मा बेलुकी ५ बजेर ४० मिनेटसम्म कुम्भ राशीमा रहनेछ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५० मिनेटबाट १२ बजेर ३७ मिनेटसम्म रहनेछ । आजको अमृत समय दिउँसोकोे ३ बजेर १२ मिनेटबाट ४ बजेर ४१ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको ९ बजेर १५ मिनेटबाट १० बजेर ४४ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१)मेष राशी

बेलुकीसम्म दिन शुभ रहनेछ । कर्मयोगीहरुको लागि महत्वाकांक्षा पूरा हुने तथा आय आम्दानीमा वृद्धि हुने खालको दिन छ, व्यापारमा पर्याप्त लाभ, समयानुकुल उत्तम भोजन तथा साथीभाइ सँग रमाइलो जम्ने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुखमा समय बित्न सक्नेछ । निवेशको लागि समय राम्रो छ ।

(२) वृष राशी

दिन अनुकुल रहनेछ । ईच्छित फल पाउने बलियो सम्भावना छ । उत्तम स्वास्थ्य, उत्तम गृह सुख, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट मानसम्मान, यश किर्ति प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ,

(३) मिथुन राशी

बेलुकीसम्म दिन सोचे जस्तो नहुन सक्छ, परिस्थितीले अप्ठयारो पार्न सक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्यहानी अथवा सन्तानसँग असमझदारी बढन सक्ने, घरमा कोही जेष्ठ नागरिक हुनुहुन्छ भने स्वास्थ्यको ख्याल राख्नु होला, कष्टदायी स्थिीति आउन सक्छ, सरकारी झमेला बाट सचेत रहनु होला । खराब संगतले वा शत्रुहरुले हानी पुरयाउने योग भएकोले जोगिनु होला ।

(४) कर्कट राशी

बेलुकासम्म स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, भोजनमा ध्यान दिने र समयमै खानपान गर्नुहोला, नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ, अचानक हुने घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने सम्भावना छ ।

(५) सिंह राशी

लाभकारक एवम सुखदायी बसाइ हुनेछ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थय, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन वा रति सुखमा ध्यान जान सक्नेछ, व्यापार व्यवसायमा लाभको योग बनेको छ , कसै कसैलाई फाइदाको लागि वा अन्य कारणले घर बाहिर बस्नुपर्ने अवस्था आउने अथवा छोटो खालको भ्रमण हुने योग देखिएको छ,

(६) कन्या राशी

दिन राम्रो रहनेछ । धनलाभ, समस्याहरुबाट छुटकारा, मान सम्मान कदर पाइने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, शत्रुहरुमाथि विजय प्राप्ति, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति व्यापार व्यवसायको लागि दिन सफल रहनेछ । खर्चमाथि भने नियन्त्रण गर्नुपर्नेछ, दुषित प्रेम प्रसंग र गलत सम्बन्धबाट भने टाढा रहनु होला । कसै कसै लाई घरमै बस्नु पर्ने अवस्था आउन सक्छ ।

(७) तुला राशी

बेलुकी सम्म मन अस्थिर रहन सक्छ, कतिपय कुराहरुमा कन्फूयज हुने, निर्णयहरु गलत हुन सक्ने, कठिन प्रयास पछि मात्र कार्य सफल हुने, यात्रागर्दा अथवा सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला, , अनावश्यक खर्च धनको दुरुपयोग माथि लगाम लगाउनु होला हुने, स्वास्थ्यमा समस्या आउन सक्ने, कुनै पुरानो रोग छ भने बल्झिन सक्छ, आज मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला । रिस गर्नेहरु आज सक्रिय हुने सम्भावना छ, बेलुका पछि समय अनुकुल बन्न थाल्नेछ ।

(८) वृश्चिक राशी

दिन बेलुकी सम्म प्रतिकुल रहन सक्छ, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने,  कसैलाई पनि विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त भइने, शारिरिक कमजोरी महसुस हुने, स्वास्थयमा समस्या उत्पन्न हुन सक्ने, आफन्तसँग असमझदारी बढन सक्ने, दाम्पत्य सुखमा कमी आउने, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, जल, जलजन्य चीजबाट तथा स्त्रि जातिबाट भने सचेत रहनु होला,

(९) धनु राशी

बेलुकासम्म भाग्यले साथ दिन सक्छ, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्न सक्ने, लुगा कपडा वा अन्य वस्तुको प्राप्ति को योग छ, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुहरुमाथि विजय प्राप्त हुने, प्रेमिप्रेमिकाहरुलाई सहवास सुख मिल्ने, कार्यक्षेत्रमा भने बाधा अथवा विलम्ब हुन सक्नेछ,

(१०)मकर राशी

बेलुकासम्म सावधानी अपनाउनु होला । मानसिक असन्तोष दिनसक्छ । गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षबाट समस्या या असमझदारी हुन सक्ने, विद्यार्थीहरुको पढाइबाट मन हटने, जथाभावी खानपानले स्वास्थयमा प्रतिकुलता आउने योग छ, बोल्दा होश पुरयाउनु होला नत्र अप्ठयारोमा परिने सम्भावना छ, सरकारी वा प्रशासनिक झमेलाले पनि  तनाव बढाउन सक्छ, अनावश्यक खर्च र व्यवसायीक घाटा हुने भएकोले लगानीको बारेमा आज नसोच्दा राम्रो ।

(११) कुम्भ राशी

बेलुकासम्म समय सुख र आनन्द दिने खालको  रहन सक्छ, कसै कसै लाई भाग्योदयकारी घटना पनि हुन सक्छन, रोगव्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्रलाभ र शयन सुख प्राप्त हुने, धन तथा उपहार आदि प्राप्ति, आर्थिक लाभ, आदर सत्कार पाइनुको साथै मित्रहरुको सहयोग पाइने, पत्निसँग मिठो भलाकुसारी हुने अथवा स्त्रि वर्गसँग समय रमाइलोमा बित्ने योग छ, व्यवसायिक छलफल हुने सम्भावना भएकोले साझेदारी सम्बन्धि कार्यहरु आज बेलुकी ५ बजेसम्म सम्पन्न गरिसक्नु होला।

(१२) मीन राशी

दिन अनुकुल छैन, शारिरिक कष्ट, स्वास्थ्यमा समस्या, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी हुने, खर्चमा बृद्धि, आर्थिक हानी नोक्सानी, सन्तानको तर्फबाट सुख नपाइने, आँखा वा खुट्टा सम्बन्धि समस्या आउन सक्ने, व्यवसाय र लगानीलाइ आज दिन प्रतिकुल छ, घमन्डलाइ आज  बिल्कुल ठाउँ नदिनु होला । र्धैयवान, सहनशील र सकारात्मक बन्नुभएको खन्डमा दिन सुखद हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *