ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालले बाँकी रहेको विश्व कप छनौट खेल कुवेत मा खेल्ने

सेयर गर्नुहोस
  • 27
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं फागुन २८ । विश्वकप छनोटका नेपालको बाँकी खेल सबै कुवेतमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो । नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन् ।

त्यसमध्ये नेपालले अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेईविरुद्ध खेल्न बाँकी छ र यी खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय थियो । अब छनोटका खेल मे ३१ देखि जुन १५ सम्म हुने भएको छ । छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ र त्यसबाट नेपालको तीन अंक छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका छनोटका खेल पछिल्लो समय विभिन्न देशमा भ्रमण प्रतिबन्ध रहेका कारण एकै थलोमा गर्ने निर्णय भएको हो ।

छनोटका अन्य खेलमध्ये समूह ‘ए’ को चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को यूएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *