काठमाडौंको नरेफाँटमा नेचर सुपर मार्केटको पहिलो शाखा

काठमाडौं : काठमाडौंको नरेफाँटमा नेचर सुपर मार्केट प्रा.लि.को पहिलो शाखा खुलेको छ । हास्यकलाकारद्वय दिपाश्री निरौला र जितु नेपालले शाखाको शुभारम्भ गरेका हुन् ।
गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले नरेफाँटमा शाखा सञ्चालनमा ल्याएको हो । ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।
नेचर सुपर मार्केटले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रा.लि.ले एक महिनासम्म ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए ।