खोपको अभावमा कोरोना विरुद्धको खोप अभियान स्थगित हुन सक्ने

काठमाडौं, फागुन २८ । सरकारले कोरोना विरुद्धको खोप अभियान शुरुभएपछि दुइपटक प्रार्थमिकता परिवर्तन गरीसकेको छ । लक्ष्य अनुसार खोप आपूर्ती हुन नसकेको अवस्थामा फेरी पनि खोपको उपलब्धता अनुसार योजना परिवर्तन हुन सक्ने खोप महाशाखाको प्रमुख डा झलक गौतमको भनाइ छ ।
सरकारले माघ १४ गते देखि देशब्यापी रुपमा कोरोना विरुद्धको खोप अभियान सन्चालन गरीरहेको छ । अहिलेसम्म १३ लाख ५०हजार भन्दा धेरै नागरीकले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको सरकारी तंथ्याक छ ।खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सरसफाइकर्मी,संञ्चारकर्मी र कुटनतिक नियोगका कर्मचारीलाइ खोप लगाइएको थियो , भने दोश्रो चरणमा ५५ बर्ष माथीका नागरिकलाई खोप लगाउने भनिएपनि अहिले ६५ बर्ष माथिका नागरीकलाइ मात्रै खोप लगाइएको छ । शुरुमा खोपप्रति अनेक शंका उपशंका उब्जिदा खोप लगाउन आकर्षण कम देखिएपनि दोस्रो चरणको अभियानमा जेष्ठ नागरिकको उत्साहपूर्ण सहभागिता रहेको छ । खोप प्रतिको आकर्षण बढदै जाँदा उपलब्धताको आधारमा योजना परिमार्जन गर्दै जानुपर्ने अवस्था रहेको खोप महाशाखा प्रमुख डा गौतमले बताए । सरकारले खोप अभियानलाई निरन्तरता दिने भन्दै ५० लाख डोज खोप खरिद गर्ने तयारी गरीरहे पनि ठोस प्रकृया भने अघि बढन सकेको छैन ।
दोस्रो चरणमा जेष्ठ नागरिकको उल्लेख्य सहभागीताका कारण झण्डै १७ लाख भन्दा बढी खोप खपत हुन सक्ने भएकोले अझै पनि योजना परिवर्तन हुन सक्ने जानकारहरुको भनाइ छ । सरकारले अहिलेसम्म २३ लाख ४८ हजार खोप प्राप्त गरेको छ ।त्यसमा पनि १० लाख भारत सरकारले अनुदान स्वरुप प्रदान गरेको १० लाख डोज खोप सरकारले खरिद गरेको २० लाख डोज खोपमा १० लाख खोप र कोभ्याक्स अन्तरगत उपलब्ध भएको ३ लाख ४८ हजार खोप रहेको छ, भने दोश्रो चरणमा १७ लाख ८२ हजारलाइ खोप दिने लक्ष्य छ । जसमा साढे १३ लाख डोज खोप लगाइ सकिएको छ । सरकारले खरिद गरेको २० लाख डोज खोपमा बाँकी १० लाख डोज खोप कहिले आइपुग्छ यकिन छैन त्यसैले पनि पहिलो खोप लगाइसकेकाहरुले समेत दोस्रो खोप लगाउन केहि समय पर्खिनुपर्ने अवस्था आउन सक्ने विज्ञको बुझाइ छ ।।