ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गौरिका र मन्डे सम्मानित

काठमाडौं फागुन २८। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । मन्डेले दोहोरो स्वर्ण जितेका थिए ।

उनीहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले सम्मान पत्रसहित सम्मान गरे ।प्रतियोगितामा नेपाल र भारतका करिब ३ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *