ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशमा अनिष्ट हुँदैछ भन्ने संकेत देखिन थालेको छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, फागुन २८ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन माथी हस्तक्षेपकारी षडयन्त्र भइरहेको बताएका छन् ।
गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचणडले बताएका छन् ।

१२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अध्यक्ष प्रचणडले परिवर्तन उल्ट्याउन सबैभन्दा हस्तक्षेपकारी भुमसका आफुमाथि भइरहेको महसुस गरेको बताएका छन् ।

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलातर्फ संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको भन्दै जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना भएको बताए ।

देशमा अनिष्ट हुँदैछ भन्ने संकेत देखिन थालेको अध्यक्ष प्रचण्डले बताए । संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उनले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए । यद्यपि फेरि विद्रोह गर्ने वा हिंसामा जाने नभई शान्तिपूर्ण संघर्ष गर्ने उनले प्रष्ट पारेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *