जसपा संसदीय दलको बैठक सिंहदरबारमा, संसदीय दलको नेता छान्न सक्ने

काठमाडौं फागुन २८ । प्रधानमन्त्री केपी ओलीसंग सरकार सहकार्यको छलफलमा जुटेको जसपाले संसदीय दलको बैठक बोलाएको छ ।
सत्ता सहकार्य सम्बन्धमा छलफलमा रहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुनेछ।
वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो । त्यसयता संसदीय दलको नेता चयन भएको छैन । त्यसैले आजको बैठकले संसदीय दलको नेता चयन गर्ने अनुमान गरिएको छ ।