ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको सरकार जोगाउन जसपाको साथ रहने संकेत, मध्यावधि निर्वाचनका लागि कांग्रेसको

काठमाडौं फागुन २८ । संसद पन: स्थापनासंगै संसदमा नयाँ सरकार बनाउने समिकरण सुरु भएको छ । त्यसमाथी अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई व्युताइ दिएपछि प्रधानमन्त्री केपी ओली अझ शक्तिशाली बन्दै गएको विष्लेषण सुरु हुन थालेको छ ।  आवस्यक बहुमत सांसद अर्थात १ सय ३८ मध्ये ओली एक्लैसंग  १ सय २१ सासंद छन् । यस्तो अवस्थामा माओवादी केन्द्रले विश्वास फिर्तालिने वित्तिकै जसपालाई साथमा लाने गृहकार्यमा ओली लागेका छन् ।

प्रधानमन्त्री ओलीले जसपासंग सहकार्यको प्रस्ताव राख्दाँ जसपाले लाला आयोगको प्रतिवेदन सार्वजनीक, रेशम चौधरी लगायत धारु तथा मधेस आन्दोलकमा सहभागिलाई रिहा र संविधान संसोधनको प्रस्ताव अगाडी सारेका छन् । शिर्ष नेतासंगको छलफलमा सकारात्मक भएको बताइरहदाँ जसपालाई साथमा लिएर प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने आकलन सुरु गरिएको छ ।

यदी जसपासंग समेत कुरा नमिले प्रतिपक्षीलाई समेत बहुमत पुर्याउन नदिने र मध्यावदी निर्वाचनमा जाने योजनामा नेकपा एमाले देखिन्छ । महासचिव इस्वर पोखरेलले जनताको ताजा जनादेशमा जाने भन्दै मध्यावधिक निर्वाचन तर्फ संकेत गरेका छन् । यस्तो अवस्थामा ओलीको कदमलाई प्रतिपक्षी कांग्रेसले सकारात्मक लिने संकेत गरेको छ । शिर्ष नेताहरुले निर्वाचनमा जाने संकेत गरिरहदाँ केन्द्रिय समिति बैठमा यो एजेडा प्रस्तुत हुने छ । यस्तो अवस्थामा सरकारका गए जसपा र निर्वाचनमा गए कांग्रेस ओली ओलीको पक्षमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *