ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २८ गते शुक्रबार, हेर्नुहाेस तपाइकाे दिन !

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

आज मिति २०७७ साल फागुन २८ गते शुक्रबार तदनुसार सन २०२१ मार्च महिनाको १२ तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, प्रमादि संवत्सर, शतभिषा नक्षत्र, चर्तुदशी तिथी, सिद्धी योग, शकुनी करण, आज चन्द«मा कुम्भ राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५० मिनेटबाट १२ बजेर ३७ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे ९ बजेर १६ मिनेटबाट १० बजेर ४५ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको १० बजेर ४५ मिनेटबाट १२ बजेर १४ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

(१)मेष राशी

दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि, स्त्री सुख पारिवारिक सुख, साथीहरुसँग बसिवियाँलो वा रमाइलो खानपानमा सरीक भइने, स्थाई वस्तुहरुको प्राप्ति, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ,

(२) वृष राशी

दिन राम्रो छ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटे गरेका कामहरु बन्ने, धन लाभ हुने, मान सम्मान वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रिभाव  भइ ठूला कार्यहरु सम्पन्न हुनेछन

(३) मिथुन राशी

दिन आशा गरे अनुसार नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, पेटसम्बन्धि कुनै रोग छ  भने विशेष सावधान हुनु होला ।।

(४) कर्कट राशी

सावधान हुनु पर्ने दिन छ, धन हानी, भय तथा चिन्ता पर्ने, पुरानो वा क्षुद्र रोग बल्झने, कलह तथा विवादको अवस्था आउन सक्ने योग देखिएको छ, दुर्घटना तथा चोटपटक अथवा कुनै अनधिकृत  घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने सम्भावना भएकोले सचेत रहनु होला,

(५) सिंह राशी

दिन सुखद रहनेछ, आदर सम्मान मिल्ने, पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढन सक्छ, सुखद निद्रा हुने तथा परिकारयुक्त भोजन सुखको प्राप्ति, स्त्रि सुख, सवारी सुख वा वाहन प्राप्तिको योग छ, धनको वृद्धि, विपरित लिगींसँग प्रेम, भाइ अथवा कम उमेरको मानिसबाट लाभ पाइने, द्रव्य वा वस्त्र लाभको सम्भावना छ, दाम्पत्य सम्बन्भ सुखमय बन्ने, साझेदारीको लागि राम्रो दिन छ,

(६) कन्या राशी

दिन प्रसन्न दिने खालको छ, धपेडी र परिश्रम बाट मुक्त भइने, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, प्रेमी वा मनपरेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने, उत्तम पारिवारिक तथा दाम्पत्य सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । कार्य स्थलमा सहयोग पाइने, कसै कसैलाई आज आफनै घरमा बस्नु पर्ने अवस्था आउन सक्छ । विद्यार्थीहरुलाइ समय राम्रो छ । व्यवसायीहरुलाई भने दिन राम्रो छैन । लगानी आज नगर्नु होला।

(७) तुला राशी

समयले विवश बनाउन सक्छ । धपेडी पर्ने, कर्ममा बिध्न बाधाहरु तेर्सिने, कार्य हानी, लाभ कम मिल्ने हुन सक्छ, मन अशान्त भइ मुड अस्थिर हुने, झर्किने वा झोक्किने अवस्था नआउला भन्न सकिँदैन, कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला । सन्तानको तर्फबाट भने विशेष सावधान हुनु पर्नेछ । पारिवारिक द्धन्द बढन सक्छ, अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।

(८) वृश्चिक राशी

दिन प्रतिकुल छ, धन हानी, अनावश्यक खर्च, पारिवारिक तथा मानसिक सुखमा कमी आउने, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, आरोप र झमेला लाग्न सक्ने, आत्मियजन तथा कुटुम्बमा मनमुटाव वा झैं झगडा हुने, दुख कष्ट बन्धन रोगले सताउने र गोप्य शत्रुहरुले रिस गर्ने, आयमा कमी आउने, मित्र तथा भाइहरुसँग वैमनस्यता, परिवारीक र दाम्पत्य सुखमा कमी, कलह, अभाव, भय, कार्य बाधा जस्ता फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।

(९) धनु राशी

दिन राम्रो रहने छ । आँट साहस बढने, धन वाहन तथा अचल सम्पत्तिको प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, मन प्रसन्न हुने, छोटा दुरीको यात्रा, आरोग्यता प्राप्ति, धन तथा वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ तथा मान कदर पाइने, स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, धातु खरीद हुने वा प्राप्त हुने सम्भावना पनि छ, शत्रुहरु परास्त हुनेछन् , नोकरीमा पदोन्नति हुने योग चलेको छ, कसै कसैलाइ स्थान परिवर्तनको सम्भावना पनि रहेको छ । दुर्घटना चोटपटकबाट चाँही सावधान रहनु  होला

(१०) मकर राशी

आजको दिन अनूकूल नहुन सक्छ । मानसिक असन्तोष हुने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी तथा खानपानमा अनपेक्षित परिवर्तन आउन सक्छ, आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । बल, साहस, संचित धन आदिमा नकारात्मक असर गर्ने योग छ, मनमा गलत विचारहरु आउने । मानहानी वा अपमान हुने, चित्त दुख्ने स्थिति पनि आउन सक्छ । व्यवसायमा घाटा छ  लगानीलाई समय प्रतिकूल छ, घमन्डबाट भने आज टाढै रहनु होला,

(११) कुम्भ राशी

दिन लाभदायी छ , मन प्रसन्न हुने, चिताएको पुग्ने, धातु, अन्न तथा वस्त्र लाभ मिल्ने तथा शत्रुहरु निस्तेज हुनेछन्, भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फल पाइने योग छ, धन प्राप्ति, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोगनाश, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा  सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ,

(१२) मीन राशी

आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, घर परिवार तथा कुटुम्बसँग मतभेद या विछोड गराउन सक्छ, मानसिक खिन्नता हुने वा चिन्ता पर्ने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, स्वास्थयको विशेष ख्याल राख्नु पर्ने छ । कसै कसैलाई आलस्य वा थकानले पनि सताउनुको साथै ज्वरो वा गर्मीजन्य समस्याले दुख दिन सक्छ । निर्णयहरु गलत हुन सक्ने, इष्र्याको भावना पलाउने आदि हुन सक्छन । प्रतिष्ठित व्यक्तिसँग विवाद हुने योग भएकोले सचेत हुनुहोला, । विद्यार्थीहरुको पढाइ लेखाइको लागि भने दिन राम्रो हुनेछ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *