ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

च्याम्पियन सातदोबाटोद्वारा आरसिटी पराजित

काठमाडौं, फागुन २७ । दुई खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै सहिद स्मारक बि डिभिजन लिगको उपाधि बिहीबार उचालेको छ ।

११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो । बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले आफ्नो अन्तिम खेललाई सुखद बनाउँदा समर्थकको साथले निकै खुसी थियो । सुखल अन्त्य अनि शीर्ष डिभिजन यात्रा साकार बन्दा टोलीलाई समर्थकले निकै हौसाला प्रदान गरेका थिए । २०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सि डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो ।

२०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटाको बी डिभिजन यात्रा सुखद बनेको हो । यस्तै टोलीका अध्यक्ष तथा क्लबका संस्थापक सदस्य कपिल राना मगरले टोली शीर्ष डिभिजनमा फर्किएसँगै चुनौति थपिएको प्रतिक्रिया दिए । ए डिभिजन लिग प्रतिस्पर्धात्मक हुने भएकाले टोलीले बी डिभिजनमा गरेको मिहिनेतलाई निरन्तरता दिने बताए ।

अखिल नेपाल फुटबल संघले विश्व भर फैलिएको महामारी कारण एक वर्ष अगाडि प्रतियोगिता सञ्चालन गरेको थियो । तर महामारीका कारण स्थगित भएको प्रतियोगिता सम्पन्न हुँदा खुमलटार युथ क्लब दोस्रो बन्दा बाँसबारी युथ क्लब बी डिभिजन लिगमा तेस्रो टोली बन्यो । शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पार्दा दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त ग¥यो । १२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भयो ।

प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्द खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *