ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एपिएफ फाइनलमा

काठमाडौ,फागुन २७ । विभागीय टोली एपिएफ काठमाडौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपिएफले काठमाडौं ११ लाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यस अघि पुलिसको ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो । एपिएफले पनि ४ खेलमा ६ अंक जोडेपनि रनरेटमा पछि पर्दैैैै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो । बाग्मती ४ अकका साथ तेस्रो स्थानमा रहदा आर्मी र मेयर ११ समान २ अंकका साथ क्रमश चौथो र पाँचौ स्थानमा रहे । मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईको यात्रा सम्भव भएको थियो । १ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद सुरुआत भने गर्न सकेन । आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए ।

दोस्रो विकेटका लागि अर्को ओपनर शंकर राना र कप्तान शरद भेषावकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।शंकरले अनिल खरेलबाट एल्बीडब्लुको शिकार हुनुअघि ४९ बलमा ५ चौका मद्दतमा ३१ रन जोडे ।शंक पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे । भुवनलाई मेयर ११ का कप्तान सन्दिप लामिछानेले बोल्ड गरेका थिए । चौथो विकेटका लागि शरद र सन्दिप जोराले अविजित १ सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए । शरदले १ सय १८ बलमा ५ चौका र १ छक्का मद्दतमा अविजित ६१ रनको योगदान गर्दा सन्दिप जोराले ७९ बलमा ९ चौका मद्दतमा अविजित ६२ रनको योगदान गरे । मेयर ११ का सन्दिप,अनुज र अनिलले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ७७ रनको योगफल तयार पारेको थियो । मेयर ११ का लागि सन्दिप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशंकर शाहले ३६ र विक्रम भुषालले २० रन जोडे । एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान ३ विकेट लिएका थिए । भुवन कार्की,शरद र वसन्त रेग्मीले समान १ विकेट लिएका थिए । बुधाबर नै भएको अर्को खेलमा बाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउदै २ सय ५६ रन मात्र जोड्न सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोड्पनि टोलीको हार भने टार्न सकेनन् । ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे । विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए । बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिए भने रामनरेश गिरीले १ तथा नन्दन यादव,सोनु देवकोटा र पारसले समान १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रनको योगफल तयार पारेको थियो । बाग्मतीका लागि पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्कको मद्दतमा १ सय १९ रन प्रहार गरे । आर्मीका सोमपाल कामीले ५ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *