ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाण चौधरी योङ्ग ग्लोवल लिडरमा छनौट

काठमाडौं । सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरी वल्रड इकोनोमिक फोरम अन्तर्गतको योङ्ग ग्लोवल लिडर्स फोरम क्लास , २०२१ का लागि छनौट भएका छन ।

यस फोरममा १२० भन्दा बढी मुलुकका १४०० सदश्य तथा पुर्व सदश्य छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हुने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ। यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छनौट भएका छन् । आफ्नै क्षमता तथा मेहनतले विश्वमा सकारात्मक प्रभाव पार्न सफल भएका युवाहरुलाई छनौट गरी विश्व आर्थिक मञ्चले नेतृत्व बिकास लागि फोरम प्रदान गर्दै आएको छ ।

वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्धरा सन २००४ मा स्थापित यस संस्थाले विश्वव्यापी आर्थिक समस्या तथा त्यसका लागि समाधानका उपायहरुको खोजी गर्दै आइरहेको छ । यसका सदश्यहरुमा ‘ग्लोवल फच्युर्न ५००’ का प्रमुख , नोवल तथा ओस्कार बिजेता र राष्ट्र संघका सद्धभावना दुत लगायतका सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *