ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अब नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुने _प्रधानमन्त्री ओली

काठमाडौं ,फागुन २७ । हरेक बर्ष मार्च ११ मा विश्व मिर्गौला दिवस मनाउने गरिन्छ  । विश्व मिर्गौला दिवसको अवसरमा बुधबार आयोजित एक चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए  ।

अब छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविशेषज्ञ  एवंम चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विशेषज्ञहरु क्रियाशील रहेको समेत जानकारी दिए ।

मिर्गौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने कुरामा  ध्यान केन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसकेका छन् ।

नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला बिग्रने गरेको छ ।पछिल्लो समय फरक जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मिर्गाैला बिग्रने गरेको चिकित्सकहरु बताउदै आएका छन् । अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मिर्गौला रोग लाग्ने गर्छ ।

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मिर्गौला रोग लाग्ने गरेको तंथ्याक छ । मिर्गौला बिग्रिएपछि प्रत्यारोपण र रक्तशुद्धीकरण दुई मात्र विकल्प हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *