ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व मिर्गौला दिवस

काठमाडौं ,फागुन २७ । आज विश्वभर मिर्गौला दिवस मनाइदैं छ । पछिल्लो समय मिर्गौलाका बिरामीहरु बढ्न थालेका छन् । अस्वास्थ्यकर खानपान , फरक जिवनशैलिका कारण मिर्गौला रोगको संख्या बढेको चिकित्सकहरु बताउछन । यसको न्युनिकरण गर्न भन्दै मिर्गौला रोगबारे जनचेतना बढाउन र यसबाट बच्न अपनाउनु पर्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम एवं निशुल्क शिविर र वाकथन लगायतका कार्यक्रमको आयोजना गरी यो दिवस मनाइने गरिन्छ । नेपालमा बढ्दो शहरीकरण, अस्वस्थ खानपान तथा शारीरिक व्यायामको कमी लगायतका कारणले मिर्गौला रोगीको संख्या प्रत्येक वर्ष बढिरहेको चिकित्सकहरु बताउँछन्।

मिर्गौला एकपटक फेल भइसकेपछि दुईवटा मात्र विकल्प हुने गरेको चिकित्सकहरुको भनाइ छ । डायलाइसिस र मिर्गौला प्रत्यारोपण । यी दुबै उपचार पद्धती झन्झटिलो र महंगो छन्। त्यसैले मिर्गौला बिग्रनु भन्दा अघि नै यसको नियमित जाँच गर्न, प्रशस्त पानी पिउन, जथाभावी औषधीहरुको प्रयोग नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *