आज महाशिवरात्रि तथा सेना दिवस
16 - 16Shares
काठमाडौं फागुन २७ । फागुन कृष्ण त्रयोदशी आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । जसमध्ये शिवरात्रीको विशेष महत्व छ । यस पर्वका दिन उपवास रही रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई पाँच वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र बिकास कोषले यस बर्षको शिवरात्रीमा ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ भने ७ हजार प्रहरी परिचालन गरिएको छ । तर यो बर्ष कोरोना महामारीका कारण श्रदालुको सड्ख्यामा कम भएको छ ।
नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ