ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनुभव गर्दै व्यवहारिक ज्ञान लिने उपयुक्त गन्तव्य : एकादेशमा एग्रोकल्चरल सेन्टर

सेयर गर्नुहोस
  • 171
  •  
  •  
  •  
    171
    Shares

काठमाण्डौ । “केही बालबालिका हाँडीमा मकै भुट्दै थिए भने केही ठेकीमा मदानीले मोही पार्दै थिए । छेउमै सानी नानी पाथीमा मानाले धान भर्दै थिइन् । हाते तानमा कपडा कसरी बन्छ भनेर कोही सोध्दै थिए त कोही आफै हतासोले गुन्द्री बुन्दै थिए । अझै अलि पर धान मकै लिएर केही विद्यार्थीहरु ढिकी , ओखल , जाँताको प्रयोग गर्न सिक्दै थिए । ’’

यी सबै दृश्यहरु हुन् काठमाडौँ गोठाटार, ८ अवस्थित एकादेशमा एग्रोकल्चरल सेन्टरको, जहाँ व्यवहारिक ज्ञान र जीवन उपयोगी सिपहरु सिकाइन्छ र अभ्यास गराइन्छ । सुन्दर शान्त वातावरणमा फैलिएको यस सेन्टरबाट रमणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
नेपाली कला संस्कृति, परम्परा, कृषिका साथै शैक्षिक पर्यटन जस्ता क्षेत्र पहिल्याउँदै शिक्षित युवाहरुको समूहले गरेको यो व्यवसाय युवा उद्धमशिलताको एक उत्कृष्ट नमुना रहेको छ ।

पुस्ताहरुलाई जोड्दै सामाजिक मूल्य मान्यताको जगेर्ना र प्रर्वधन र सोही ज्ञान विद्यार्थीहरुमा फैलाउन पाउदा व्यवसायबाट सन्तुष्टि मिलेको बताउछन् संचालक बसन्त सापकोटा ।
सेन्टरभित्र समावेश गरिएको कथा घरका विविध खण्डहरुले पाठ्पुस्तकमा समाविष्ट कुराहरुला अझ प्रकाश पार्दछन् भने अन्य जीवनउपयोगी विषयवस्तुको ज्ञानले विद्यार्थीहरुको समग्र विकासमा मद्दत पुर्याउने प्रष्ट देखिन्छ । लौरि टेकेर उकाली ओराली गर्दै चौतारीमा विश्राम गरेर ढुंगेधारा अवलोकन गर्दै दुबो मैदानमा खेल्दै सिक्न पाउँदा भ्रमणमा आएका जो कोही विद्यार्थी हर्षित रहने अर्का संचालक सरोज खनाल बताउँछन् ।

विश्व–ब्रहमाण्डको भूगोलदेखि नेपालको मौलिक तथा प्ररम्परागत वस्तुहरुको संग्रह लोकबाजा , भेषभूषा, प्रविधिको विकासक्रम, नेपालका प्रख्यात वस्तुहरुको समावेश, विभिन्न सूचक चिन्ह र प्राथमिक उपचारको ज्ञानका साथै वातावरण मैत्री कुराहरुको प्रयोगद्धारा गरिएको प्रवद्र्धनले स्कुले विद्यार्थीको सिकाइलाई पूर्ण बनाएको पाइन्छ । सो ज्ञान र सिपहरु प्रयोग गर्दै अनुभव गर्दै जान्न र सिक्न सकिने भएकाले भ्रमण फलदायी रहेको भ्रमणमा आएकी मोडर्न इन्डियन स्कुलकी गीता ढुगांना बताउछिन् ।


२१ औँ सताप्दिलाई सूचना प्रविधीको युग भनिन्छ र आजको पुस्ता यसैतर्फ उन्मुख हुदैँ गर्दा मौलिक तथा प्रम्परा ज्ञानको जरुरी किन त भन्ने हाम्रो प्रश्नमा अर्का संचालक सुरज घिमिरे बताउँछन् । अवश्य पनि आजको युग सूचना प्रविधिको हो । र, यसको ज्ञान आवश्यक छ । तर त्यो सँँगै हाम्रो पुस्ताहरुको जीवनशैली,हाम्रो माटोको चिनारी,मौलिक परम्परा,रितिरिवाजको जानकारी भएमात्र देशप्रतिको माया,पिता पूर्खाप्रतिको सम्मान र आफ्नो कला संस्कृतिको संरक्षणमा रुचि बढ्ने हाम्रो बुझाई हो ।


२०७६ पौष २१ बाट विधिवत रुपमा संचालनमा आएको यस सेन्टर कोभिडका कारण संचालनको तीन महिना मै केहि मारमा परे पनि शैक्षिक संस्था संचालनमा आएपछि भने विस्तारै गति लिन थालेको छ । हाम्रो शैक्षिक सत्र प्रभावित हुदैँ गर्दा विद्यार्थीहरुको ज्ञान र सिपमा असर पुगेको सर्वविधित नै छ । सोहि समयमा एकै गन्तव्यबाट बिबिध विषयवस्तुको ज्ञान पनि छोटो समयमा नै पाउन सकिने भएकाले यस सेन्टरको महत्व अझ बढेको देखिन्छ ।


एकादेशमा एग्रोकल्चरल सेन्टर विद्यार्थी भ्रमणका लागी सामुहिक रुपमा विद्यालयले प्री बुकिङ गरी आइतबार देखि शुक्रबारसम्म जुनै दिन भम्रण गर्न सक्नेछन् भने पारिवारीक तथा साथी समूहलाई शनिबार पनि सेन्टर खुल्ला रहने संचालक सविन ढकाल बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *