ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं ,फागुन २६ । शिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकका लागि नाम सिफारिस समितिले
डा. विधाननिधी पौडेल, डा. दिनेशकुमार लम्साल र डा.प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो । सिफारिस गरेका तीन जनामध्येबाट डा पौडेललाई नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो । समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस भएको थियो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *