ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भागरथी भट्ट बलात्कार गरि हत्या आरोप लागेका १६ वर्षीय किशोरलाई सुधारगृह पठाईने

२६ फागुन, बैतडी । किशोरी बलात्कार र १७ वर्षीया भागरथी भट्टलाई बलात्कार गरि हत्या गरेको आरोप लागेका बैतडीको १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको १६ वर्षिय किशोरलाई  सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो।  अदालतले उनी १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यलय बैतडिले बताएको छ ।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि उनलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ। 

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी हराएपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय जङ्गलमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि  १६ वर्षीय किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो ।ती किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

सनातन धर्म माविमा कक्षा ११ पढ्ने ती किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने  भागरथी एकै गाउँका हुन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *