ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जापान सरकारले २५ विकासशील देशलाई खोप अभियानमा सहयोग गर्ने

काठमाडौं , फागुन २६ । जापानले कोरोना महामारीको चपेटामा परेका एशिया प्रशान्त क्षेत्रका देशहरुलाई सहयोग गर्ने बताएको छ । त्यस क्षेत्रका २५ विकासशील देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने प्रयासमा सघाउन जापानले आर्थिक सहयोग उपलब्ध गराउने बताएको छ ।

जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकालगायत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहयोग उपलब्ध गराउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सहयोग पाउने अन्य देशमा इन्डोनेशिया, फिलिपिन्स, थायल्यान्ड, पूर्वी टिमोर, फिजी, लाओस, ब्रुनाई, भियतनाम आदि छन्।

जापानले कोभ्याक्स अभियानमार्फत पनि विकाशसशील देशहरुलाई सहयोग गरिरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *