के तपाईलाई दाँत दुख्ने समस्या छ ?

काठमाडौं ,फागुन २६ । दाँत दुख्नु एक साधारण समस्याको रुपमा लिइन्छ, तर कहिलेकाँही दाँतको दुखा असह्य हुन्छ । दाँत दुख्दा अनुहार सुन्निने, टाउको दुख्नेलगायतका विविध समस्या आउने गर्छ । साधारणतया भन्दा अत्यधिक तातो वा चिसो खानेकुरा खाँदा, दाँत सफा नगर्दा, क्याल्सियमको कमी, ब्याक्टेरियल संक्रमण वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ ।
दाँत असाध्यै दुख्दा मानिसहरु पेन किलर वा एन्टिबायोटिक औषधी खान्छन् तर केही घरेलु उपचारमार्फत पनि दाँत दुखाइको समाधान गर्न सकिन्छ । के के रहेछ त दाँत दुखाइका घरेलु उपचार ?
१.ल्वाङको प्रयोग
दाँत दुख्दा ल्वाङले प्रयोग गर्दा असाध्यै राहत प्रदान गर्छ । ल्वाङलाई दाँतले थिचेर राख्दा पीडा कम हुन्छ । ल्वाङको तेल पनि दाँत दुख्दा निकै फाइदाजनक मानिन्छ ।
२.काँचो लसुनको प्रयोग
लसुनमा एलिसिन कम्पाउन्ड हुन्छ जुन एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिफंगल गुण यसमा हुन्छ र दाँत दुख्दा काँचो लसुन चपाउदा यसले केही राहत प्रदान गर्छ ।
३.बेसारको प्रयोग
बेसार एक प्राकृतिक एन्टिबायोटिक मानिन्छ । बेसार, नुन र तोरीको तेलको पेस्ट गरेर दाँतमा लगायो भने दाँत दुखाइ कम गर्छ ।
४.हिङको प्रयोग
हिङको प्रयोग खानामा स्वाद बढाउन र बास्नाका लागि प्रयोग गरिन्छ । यसले विभिन्न प्रकारको घरेलु उपचारमा फाइदा पुर्याउने गर्छ । यदि तपाईंको दाँत दुखिरहेको छ भने एक चिम्टि हिङलाई कागतीको रसमा मिसाएर कपासले दाँतमा लगाउनुभयो भने तपाईंको दाँत दुखाइलाई कम हुन्छ ।
५.प्याजको प्रयोग
प्याजमा एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक, एन्टी कार्सिनोजेनिक र एन्टीअक्सिडेन्ट गुण हुने गर्छ ।त्यसैले यसको प्रयोगले मुखको ब्याक्टेरिया नष्ट गर्ने काम गर्छ । जुन दाँत दुखिरहेको छ, त्यसले प्याजको टुक्रालाई बिस्तारै चपायो भने यसले आराम महसुस गराउछ र दुखाइ कम गराउछ ।
६.अम्बाको पात
दाँत दुख्दा अम्बाको ताजा पात चपाउँदा पनि दुखाइ कम हुन्छ ।