ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कस्तो बन्दै छ प्रतिपक्षीको रणनीति ?

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं फागुन २६ । प्रधामन्त्री केपी ओलीले गरेको संसद विघटनलाई असंवैधानिक, प्रतिगामी कदम भएको निष्कर्ष निकालेका प्रतपक्षी दलहरु के गर्लान भन्ने आम चासोको विषय बनेको छ । अर्थात असैवैधानिक कदम भएको दावी गर्ने प्रतिपक्षी दलहरु एक ठाउँमा आएर सरकार बनाउलान् वा ओली सरकारलाई नै निरन्तरता दिने हुन भने आम चासोको विषय बनेको छ ।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा बहुमत पुर्‍याउन १३८ सांसद आवश्यक पर्छ । कांग्रेसका २ (विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम) र जसपाका २ (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमा छन् । एक सदस्यको निधन भएको छ हाल कांग्रेससंग ६१, माओवादीसंग ५३ र जसपा ३२ गरी जम्मा १४६ सांसद छन् । ठिक समयमा ठिक निर्णय गर्ने भन्दै योजनाहरु गोप्य राखेको कांग्रेसले २३ गतेको संसद अवरध गर्दा उसले जसपाको साथ पायो भने दाहाल नेपाल समुहले बैठक नै बहिस्कार गरेका थिए ।

समिकरण पुरा नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने योजना बनाएको माओवादी केन्द्र सकभर आफुसरकारको नेतृत्व गरेर प्रतिपक्षीलाई समेटेर सरकार बनाउने योजनामा छ । विश्वासको मत लिन ३० दिन लाग्छ  त्यसैले माओवादीले अकगणित पष्ट्र भएपछिमात्र समर्थन फिर्ता लिने योजना बनाएको हो । त्यस्तै प्रमुख प्रतिक्षी नेपाली कांग्रेस आफ्नै नेतृत्वमामात्र सरकारमा जाने बताउदैं आएको समयमा जसपामा भने आन्तरिक किचलो बढेको छ ।

नेपाली कांग्रेसका नेता एनपी साउदले विपक्षी दलहरुलाई समेटेर कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाएका छन् । साउद भन्छन् – ‘सर्वोच्चको निर्णयपछि राजनीति गठबन्धन सरकार निर्माणतिर मोडिएको छ । एमाले-कांग्रेसको परम्परागत प्रतिष्पर्धी पार्टी हुन् । तेसैले कांग्रेसले एमाले बाहेकका दलहरूसंग मिलेर सरकार बनाउने प्रयास गर्छ ।’

त्यस्तै युवा नेता गगन थापा आगामी सरकार निर्माणको छलफलको विषय कांग्रेसले सुरु गर्नु पर्ने बताउछन् । संविधानको रक्षा कांग्रेसले गर्नु पर्ने भन्दै ओली बाहेकको सरकार निर्माणका लागि कांग्रेसको पहल आवस्यक रहेको उनको भनाई उनी भन्छन्-  ‘ओलीलाई रोक्ने कसरी हो भन्‍ने सबै विकल्प खुला राखेर छलफल अगाडि बढाउँछौ । यसमा ओली बेगरमा र कांग्रेस नेतृत्वमा सरकार बनाउने विषयमा पनि छलफल चलाउन सकिन्छ ।‘

यता अर्को निर्णायक शक्ति मानीकएको जनता समाजवादी पार्टी भित्र भने के गर्ने भन्ने विषयमा प्रष्ट मतभेद देखिएको छ । महन्त ठाकुरले एमालेसंग सहकार्य गर्न वार्ता टोली नै गठन गरेपछि अन्य नेताहरु रुष्ट भएका छन् । महन्त ठाकुर निकट मानिने सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल नै बनाएर एमालेसंग छलफल बनाएर वार्ता सुरु भएको हो । संविधान संसोधनको मुद्दा लिएर ठाकुर पक्ष एमाले सरकारमा जाने विषयमा छलफलमा छ ।

तर राजेन्द्र महत्तो लगायतका नेताहरु भने उदारो सहमतिमा सरकारमा नजाने जनाउदैं आएका छन् । सरकारमा जाने विषयमा टुङ्गो नलागेको भन्दै महत्वले सवैसंग छलफल गरेर मात्र के गर्ने भन्ने निष्कर्ष निकाल्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *