ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अढाई बर्ष पछि आज संसदमा एमाले र माओवादी केन्द्र

काठमाडौं फागुन २६ । एमाले र माओवादी केन्द्र एकिकरण पछि बनेको नेकपाले करिव दुई बर्ष पछि दुई भागमा पुग्यो । औपचारीक फुटको घोषणा हुनमात्र बाकीं रहेको समयमा सर्वोच्च अदालतको फैसलाले दुई पार्टीलाई पहिलाकै अवस्थामा फर्काएको समयमा राजनीति रोचक बनेको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिदै १३ दिनत्रिभ संसद बैठक बस्न निर्दुन नै दियो । सोही अनुसार २३ गते बैठक समेत बस्यो । नेकपा फुटको संघारमा पुगेकाका कारण दाहाल- नेपाल समुह कुन रोमा बस्छ भन्ने प्रश्न थियो । तर औपचारीक फुट नभएको भन्दै संसद सचिवालयले दुवैलाई सत्तारुढ दलको रवमा राखिदियो ।

२३ गतेको संसद बैठक दाहाल नेपाल समुहले बहिस्कार गरेको र प्रतिपक्षी कांग्रेस र जसपाले अवरोध गरेपछि २६ गतेसम्मका लागि बैठक स्थगित भएको छ । तर यहि विचमा सर्वोच्च अदालते पुर्व एमाले र माओवादी केन्द्रलाई अस्तित्व प्रदान गरेपछि भोलीको बैठकमा उनीहरुको बसाई कस्तो होला भन्ने अर्को प्रश्न खडा भएको छ ।

नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने गरी संसद सचिवालयले बस्ने प्रवन्ध गरेको छ । सचिवालयका प्रवक्ता एवं सह–सचिव रोजनाथ पाण्डेले भने – ‘हामीले दल विशेषका लागि भनेर सिट छुट्याउँदैनौं  . सत्तापक्ष र प्रतिपक्ष भनेर छुट्याइने सिटमा अहिलेसम्म माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नदिएकाले उहाँहरु सत्तापक्षकै सिटमा बस्नुहुन्छ ।’

यसरी सत्तारुढकै दलमा बसेपनि करिव ३ बर्षमा पहिलो पटक नेकपा एमाले र माओवादी केन्द्र अमन्ने सामन्ने हुन लागेका हुन् । स्सदमा नेकपा एमालेका १ सय २१ संसद छन भने माओवादी केन्द्रका ५३ संसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *