ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज मिति २०७७ साल फागुन २६ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे दिन ?

आज मिति २०७७ साल फागुन २६ गते बुधबार तदनुसार सन २०२१ मार्च महिनाको १० तारिख, फागुन कृष्ण पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, प्रमादि नाम संवत्सर, श्रवण नक्षत्र, द्वादशी तिथी, परिघ योग, तैतिल करण, आज चन्द«मा मकर राशीमा रहने छ, आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५१ मिनेटबाट १२ बजेर १३ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहानकोे ७ बजेर ४९ मिनेटबाट ९ बजेर १७ मिनेटसम्म रहनेछ । आजको राहुकाल दिउँसोको १२ बजेर १४ मिनेटबाट १ बजेर ४३ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

 (१) मेष राशी

खुशी प्राप्त हुने खालको दिन हुन सक्छ , प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । रमाइलो र मिठो खानपान हुन सक्ने । पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्ने छन् । कसै कसैलाई नयाँ नयाँ विचार प्रस्फुटन हुने   आत्मविश्वास बढने , बौद्धिक क्षमतामा बृद्धि हुनुको साथै धार्मिक विषय, तथा अध्यात्मीकता तिर मन जान सक्ने हुन सक्छ । गर्भवति महिलाहरुले भने विशेष सावधानी अपनाउनुहोला ।

(२) वृष राशी        

दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा फँसिने स्थिती आउन सकछ, मानसिक तनाव र चिन्ता बढने, वादविवाद बढने, पद तथा जिम्मेवारी बाट मुक्त सम्म हुने अवस्था आउन सक्छ , सचेत रहनु होला, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता अप्ठयाराहरु आउन सकछन् । पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु  आउन सक्छ । सन्तानसँग मतभेद हुन सक्ने सम्भावना छ भने  व्यवसायमा हानीको योग छ । कसै कसैलाई स्थान छोडनु पर्ने अवस्था पनि आउन सक्छ ।

(३) मिथुन राशी

समय अझै प्रतिकुल छ । व्यर्थको श्रम, धनको दुरुपयोग  मानसिक तनाव, कष्टदायी भ्रमण शारिरिक पीडा, अस्थिरता र अधैर्यता, राजभय, अपमान, मित्र घात, आफन्तजनमा कलह वा मनमुटाव, कार्यमा बिध्नबाधा जस्ता घटनाहरु हुने सम्भावना भएकोेले आज सचेत हुनु पर्नेछ । अपच वा खानपानको कारणले समस्या आउन सक्छ, व्यर्थको चिन्ता र  झगडा बाट भने आज बच्नु होला ।

(४) कर्कट राशी

दिन अनुकुल छ । लाभकारक तथा सुखदायी बसाइ हुने । आर्थिक लाभ, धनको आगमन, मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति,स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ । कसै कसैलाई वाहन तथा स्त्री सुखको देखिएको छ ।

(५) सिंह राशी

दिन लाभकारक रहनेछ । आर्थिक लाभ, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था उत्तम हुन थाल्नेछ , सुख सन्तोषको प्राप्ति, शत्रु बाधा हटने, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला,

(६) कन्या राशी

दिन अनुकुल नरहन सक्छ । बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने सम्मको अवस्था आउन सक्छ । वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ , शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको हानी, मनमा अशान्ति, अपयशको भागि हुनु पर्ने तथा बेकारमा दुख पाइने योग देखिएको छ । सावधान रहनु होला । तामसिक भोजन, मासांहार आदि लिने गर्नु भएको छ भने आज त्याग गर्नुहोला । कुनै पनि कुराको अनैतिक आसक्तिबाट भने बच्नु होला, लोभ, मोह, अनावश्यक सम्पर्क र  चाहिने भन्दा बढी बोलचाल बाट भने आज जोगिनु पर्नेछ

(७) तुला राशी

आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने,  , आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको  योग छ, भोजन, खानपान लगायत निद्रामा असुविधा हुन सक्ने, तथा शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला ।

(८) वृश्चिक राशी

मन खुशी हुने खालको दिन छ । भाग्यले साथ दिनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ वा खरिद हुने, मित्र सुख, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, अथवा चिताएको  महिलाको सम्पर्कका आइने, वैवाहिक खुशी प्राप्त हुने  सम्भावना छ ।  यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको  लागि समय राम्रो छ ।  

(९) धनु राशी

दिन अनुकुल नहुन सक्छ , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, मान सम्मानमा कमी, शत्रु वृद्धि, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्ने सम्भावना छ । कसै कसैलाई घरबाहिर समय बिताउनु पर्ने  अथवा बस्नु पर्ने अवस्था पनि आउन सक्छ, विद्यार्थीहरुको पढाइ लेखाइबाट मन हटन सकछ , आज मनमा नकारात्मक विचार पलाउन नदिनु भएमा दिन हितकर हुनेछ,

(१०)मकर राशी

भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा  शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल दिनेछ । कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।

(११) कुम्भ राशी

दिन अनुकुल छैन । मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, शोक पर्न सक्ने वा विछोडिनु पर्ने हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

(१२) मीन राशी

दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने,  मित्र तथा भाइ बहिनीहरुले साथ र सहयोग गर्ने । धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ  । व्यापारी वर्गलाई दिन अनुकुल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *