एक बालक दिनमा ४ सय पटक युवक १७ पटक मुस्कुराउँछन र प्राउड व्यक्ती मुस्कुराउनै जान्दैन

२५ फागुन, काठमाडौं । जसरी जलमा माछा छ, त्यस्तै हावामा हामी छौं, तर हावाको महशुस हामी गर्दैनौं । जब गर्मी धेरै हुन्छ त्यो समय पङ्खाको नजिक पुगिन्छ तब महशुस हुन्छ हावा छ ।
परमात्मामा हामी छौ तर पनि यसको अनुभूति हुँदैन तर जीवनमा कुनै समस्या पर्यौ तब हामी परामात्तमाको खोजमा निस्कन्छौं । जब गर्मी हुन्छ कहिं कुलर छ कि भनेर खोज्छौ तब कुलरको पास आउँछौ तब शरिरले अनुभूति गर्छ केही शितल भयो ।
यो दूनियाको केही सार छ केही तथ्य छ यही खोज्दा खोज्दा मानिस आदिकालबाटै यो खोजमा लागेको छ । यै खोज्दा कतै मानव थाकेको छ । तर यसमा जीवन के हो म को हुँ भन्ने नै बिर्सिएर लागेको छ मानिस
पहिलो कुरा हो जिज्ञासा
हामी बाहिर हेर्छौ हाम्रो जिवनमा कति मानिस छन् । जमिनमा पल्टेको मान्छे हेर्छौ तर खोज्दैनौ त्यो कहाँ गयो भनेर आफ्नो आदिको खोज र अन्तको खोज मन र मष्तिष्कमा उठनु पर्दछ । यो मानवताको लक्षण हो । हामी १ सय २ सय ३ सय वर्ष अगाडी कहाँ थियौं यो जिज्ञासा राख्नु पर्दछ यो संसार के हो ? दुनिया केहो ? उत्तर मिलोस या नमिलोस यो संग मतलब नराखौं । प्रश्न उब्जिनुनै एक महत्वपूर्ण घटना हो । जीवनमा जब जिज्ञासु हुन्छौं तब जीवनले एउटा लय समाउन थाल्छ ।
दोश्रो कुरा हो के हामी प्रशन्न छौं ?
एक शिशु एक दिनमा ४ सय पटक मुस्कुराउँछ एक युवक १७ पटक र एक समाजले गर्भ गर्ने व्यक्ती मुस्कुराउँनै जान्दैन । उ तब हाँस्छ कोही सडकमा लडोस ।
तर यो जीवन होईन मनुष्य जीवनको दोश्रो लक्षण हो मुस्कान कीनकि जनावर मुस्कुराउन जान्दैनन् । जसरी पहिलो लक्षण हो जिज्ञासा दोश्रो लक्षण हो मुस्कान जब विनाकारण तपाई मुस्कुराउन थाल्नुहुन्छ तब जीवनमा सम्झिनुस तपाईल केही प्राप्त गर्नुभयो । कसैले प्रशंसा गर्दा तपाई मुस्कुराउनु ठूलो कुरा होईन जब तपाई कुनै दुखमा र कसैले गाली दिंदा समेत मुस्कुराउन थाल्नुहुन्छ तब मुस्कानले जीवनको गति र लय विल्कुल अलग बनाईदिन्छ ।
कसैको मनमा केही भाव या विचार आयो आउन दिनुस वास्ता गर्न थाल्नुभयो भने सम्झिनुस तपाई आफ्नो अनुकुल चल्नुभएको छैन । आफ्नो मनलाई हेर्नुस, तब तपाईको प्रसन्नतालाई कसैले रोक्न सक्दैन । तब एक प्रसन्न व्यक्ती कसलाई मन पर्दैन । श्री श्री श्री रवि शंकरबाट साभार