नेपाल राष्ट्र बैंकको डिपुटी गर्भनरमा निलम र मिश्र नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र नीलम ढुंगाना नियुक्त भएका छन् ।
नीलम ढुंगाना (तिमल्सिना) सार्वजनिक ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक हुन भने उनी तेस्रो वरियताकी कार्यकारी निर्देशक हुन । उनी नेपालको पहिलो डिपुटी गर्भनर हुन ।
त्यस्तै अर्का डिपुटी गर्भनर बमबहादुर मिश्र बिदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन । उनी तेह्रौ बरियताका कार्यकारी निर्देशक हुन । उनलाई प्रधानमन्त्री केपी ओली निकट मानिन्छ ।
फागुन १८ गते डेपुटी गभर्नरका रुपमा रहेका चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद खाली रहेको थियो ।
यस अघि अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकासकुमार श्रेष्ठलाई संभावित गर्भनरको रुपमा हेरिएको थियो । उनी सहित अन्य ५ जना कार्यकारी निर्देशकहरु संभावित डिपुटी गर्भनरको सुचीमा थिए ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरले नेपाल राष्ट्र बैंकको १७ विभागका विभागीय प्रमुखहरुमध्येबाट चार कार्यकारी निर्देशकको नाम अर्थमन्त्रीसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । गभर्नरले पठाएको नामका आधारमा अर्थमन्त्रीले उक्त नामलाई मन्त्रिपरिषद बैठकसमक्ष पेश गरेपछि मन्त्रिपरिषदले दुई जना डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।