ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप दुविधा बारे सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाको जवाफ

काठमाडौं,फागुन २५। सरकारले फागुन २३ गतरे देखी ६५ बर्ष माथिका जेष्ठ नागरीकहरुलाइ कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरीसकेको छ । तर खोप लगाउन आउने जेष्ठ नागरिकहरुमा विभिन्न किसिमका दुविधा पाएइएको छ । जेष्ठ नागरीक भनेपछी केहि न केही रोग भएको र औषधी प्रयोग गरीरहेका मानिसहरु नै पर्ने गर्छन् ।धेरै जसोमा खोपले काम गर्छ गर्दैन ,लगाउँदा कुनै असर गरछ कि गर्दैन भन्ने भन्दा पनि भिन्नै सवालहरु जेष्ठ नागरिकले उठाउएका छन् । खोप लगाउन आएका जेष्ठ नागरिक र परिवारका सदस्यको जिज्ञासामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन डा अनुपको जबाफ यस्तो छ ?

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?

  • ढुक्क भएर लगाउन मिल्छ
    २. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
  • आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
    ३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
  • लगाउन मिल्छ ।
    ४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
  • सकिन्छ ।
    ५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
  • मिल्छ ।
    ६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
  • मिल्छ ।
    ७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
  • मिल्छ ।
    ८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
  • मिल्छ ।
    ९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
  • निर्धक्क खोप लगाउने ।
    १०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
  • लगाउने ।
    ११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?
  • मिल्छ ।
    १२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
  • कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।
    १३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
  • लगाउन जरुरी छ ।
    १४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
  • खोप लगाउने ।
    १५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
  • लगाउनुपर्छ ।
    १६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
  • खोप लगाउने ।
    १७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
  • खोप लगाउने ।
    १८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
  • मिल्छ ।
    १९. मैले डायलाइस गर्दै छु, के गरौं?
  • खोप लगाउने ।
    २०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
  • लगाउने ।
    २१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
  • आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहा मा ।
    २२. मैले चिल्लो कम गर्ने दबाईको सेबन गर्दै छु के मिल्छ ?
  • लगाउन मिल्छ ।

आज टेकु अस्पतालमा खोप लगाउनु भएका मध्य २२४ जना बुवाआमासँग उहाँहरुको दीर्घरोग बारे सोधिएको थियो ।

उहाँहरुको औसत उमेर ७१ (71.6 ± 6.2) थियो । जसमध्ये ११७ जना महिला र १०७ जना पुरुस हुनुहुन्थ्यो । १५६ (~७०%) जनामा दीर्घरोग रहेछ, जसका लागि निरन्तर दबाई सेवन गरिरहनु भएको छ । उच्च रक्तचाप ११२ (५०%) , मधुमेह ५० (२२%), थाइरोइडको समस्या १६ (७%), मुटु सम्बन्धी अन्य समस्या १५ (~७%), चिल्लो (लिपिड) सम्बन्धी समस्या १२ (५%) , फोक्सो सम्बन्धी समस्या ८ (~४%) , मिर्गौला सम्बन्धी समस्या ४ (~२ %), क्यान्सर उपचार सक्नु भएका ३ (१%) र १ जना नसा सम्बन्धी उपचार गरिरहनु भएका हुनुहुँदो रहेछ । सबै बुवाआमा खोप लगाएपछि कुनै समस्याबिना घर फर्किनु भयो ।

साभार:डा अनुप बास्तोला,कन्सल्टेन,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *