ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाबाट निर्वाचित ४६ जनाको विषयमा निर्वाचन आयोग पन्छदै

काठमाडौं फागुन २५ । सर्वोच्च अदालतले नेकपाको एकिकरणलाई नै गैर कानुनी भन्दै ऋषि कट्टेललाई नेकपाको नाम प्रदान गरेको छ । यो संगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत पार्टी बनेका छन् ।

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई पार्टी एकिरण गर्ने भए नाम सहित १५ दिन भित्र उपस्थित हुन पत्रचार गरेको छ भने त्यसपछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई समेत नयाँ नाम लिएर आउन पत्रचार गरेको छ । यसरी पार्टी वेग्ला बेग्लै भएको पत्रचार गरेको आयोग नेकपाबाट निर्वाचित भएका ४६ जनाप्रति भने मौन बनेको छ ।

पार्टी एकिकरण पश्चात नेकपाको सुर्य चिन्हबाट स्थानीयतह, प्रदेश र केन्द्रमा गरी जम्मा ४६ जना निर्वाचित भएका थिए । तर अव पार्टि नै नरहे उनीहरुको भविस्य के हुने अन्योलता भएका समयमा निर्वाचन आयोग भने आफ्नो श्रेत्राधिकार नभउको पन्दै पन्छिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले चुनावको परिणामा सम्म मात्र आफ्नो अधिकार श्रेत्र भित्र पर्ने र निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेपछिको विषय आफ्नो नभएको दावी गरेका छन् । उनले बाकीं विषयको टुङ्गो अदालतले लगाउने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *