ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भगवती र कुमारीको बी डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं, फागुन २५ । सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लब र श्री कुमारी क्लबले सुखद अन्त्य गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा कुमारीले टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले सान्तोवना गोल फर्काएका थिए । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ ।

ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कुमारीले टुसाल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दा कुमारीका आशिष राईले दुई गोल गरे । यस्तै सन्तोष कुमार सिंह र विवेक पुनले एक एक गोल आफ्नो नाममा लेखाए । जितसँगै श्री कुमारीले ११ खेलमा १४ अंक जोड्यो । श्री कुमारी छैटौं स्थानमा रहेको छ । टुसाल ९ अंक जोडेर दशौं स्थानमा छ । लिगमा बुधबार खुमलटार र बाँसबारी तथा दोस्रो खेल नयाँबस्ती युवा क्लब र पुल्चोक स्पोर्ट्स क्लबबीच एन्फा मुख्यालकयको मैदानमा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *