ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुरको साथमा क्यानले मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं, फागुन २५ । ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।


सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।

टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागिता हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछन् ।
क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुषको मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *